जुम्लामा चार हजार बढी साना तथा घरेलु उद्योग


जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन् ।

गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताए । दर्ता भएका उद्योगमध्ये उत्पादनमुलकतर्फ १०,कृषि तथा वनजन्य एक सय २२, सेवामूलक ६८ छन् । गत आवमा २४ लाख राजस्व सङ्कलने भएको छ ।

यसैबीच, उक्त कार्यालयले गत आवमा आठवटै स्थानीय तहका दुई सय चारजनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।

जुम्लामा चार हजार बढी साना तथा घरेलु उद्योग

सम्झौता भन्दा कम बजेटमा हुलाक निर्देशनालय भवन

जुम्लामा चार हजार बढी साना तथा घरेलु उद्योग

नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

This will close in 0 seconds