जनयुद्धले दिएको उपहार


खाँडाचक्र नगरपालिका वडा नं. ५ का विष्णु बहादुर हमाल (राकेश) २०५८ सालमा माओवादी भए । माओवादीको १० वर्षीय जनआन्दोलनमा २०५८ मा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले ५ वर्षको जनयुद्धका सजीव अनुभवसहित मालेमावादको विशिष्ट विचार श्रृंखला सहित प्रचण्डपथ संश्लेषण ग¥र्यो ।

त्यसपछि २०५८ साल जेठ १९ गते दरवार हत्याकाण्ड भयो । त्यो संगै माओवादीले युद्ध विराम गर्यो । त्यही युद्ध विरामकै क्रममा विष्णु बहादुर हमाल( राकेश) माओवादी भए । माओवादीको लडाकु सेनामा उनी पलाटन कमान्डर पदमा थिए । २०५९ माघ १५ गते दोश्रो पटक युद्धविराम गर्यो । त्यो बेला हमाल माओवादी सेना मै थिए । २०६० साल माघ ३ गते जुम्लाको कुडारीमा नेपाली सेना र माओवादी सेना विच भिडन्त हुँदा हमालले नेपाली सेनाको गोली लागेर दाइने खुट्टा गुमाउनु प¥र्यो । एक खुट्टाको साहारामा बाचिरहेका हमालको अवस्था अहिले बिजोग छ ।

त्रृmतिम खुट्टाको साहारामा हिडिरहेका हमालको आर्थिक अवस्था कमजोर छ । घरपपिरवार पाल्न मुस्कील भएपछी हमालले खोले घट्ट चलाएर जिवन गुजारा गरिहेका छन् । माओवादी कै कारण खुट्टा गुमाई अपांग भएका हमालले माओवादी पार्टीबाट सहयोग पाउने आस भने मारेका छैनन् । माओवादी पार्टीबाट स्थानीय तह देखि प्रदेश हुदै प्रतिनिधि सभामा धेरै पटक माओवादी पार्टीबाट जनप्रतिनिधि देखि सांसद जिते । हमालको सहयोग पाउने आस भने कहिलै मरेन । तर जितेर गएका सांसदहरुले उनलाई वास्ता नै नगरेपछी उनको मन खिन्न भएको उनि बताउछन् । गैरसरकारी संस्थाले दिएको त्रृmतिम खुट्टाले सामान्य हिडडुल गर्न सक्ने हमाल सहयोगकै आसमा विभिन्न ठाउँमा धाएपनी उनलाई सहयोग भने कसैले गरेनन् ।

ब्यक्ति त परको कुरा हो उनलाई नेकपा माओवादी केन्द्रले कुनै सहयोग नगरेको उनि बताउछन् । नेपाल सरकारले दिने अपांग भत्ता बाहेक उनले कुनै किसीमको सेवा सुविधा नपाएको गुनासो गर्छन् । आफ्नो परिवारलाई खर्चको जोहो गर्न सक्ने अवस्थामा हमाल छैनन् । एक छोरा,एक छोरीको पढाई खर्चदेखि खानाको जोहो गर्न हमाल र हमालकी धर्मपत्निलाई सकस छ ।

जनयुद्धले दिएको उपहार

नाग पञ्चमीका दिन कर्णालीमा सार्वजनिक बिदा

जनयुद्धले दिएको उपहार

नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि