क्यान्सर पीडित शिक्षकलाई ५० हजार सहयोग

चन्द्रसूर्य एकेडेमी वीरेन्द्रनगर–४, सुर्खेतमा कार्यरत शिक्षकलाई उपचार सहयोग रकम प्रदान गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक अृमता चपाई घाँटीको क्यान्सरबाट पिडित भई भरतपुर क्यान्सर हस्पिटलमा उपचारत छिन । उनको उपचारमा सहयोगका लागि विद्यालय परिवारले ५० हजार सहयोग प्रदान गरेको छ ।
विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र विद्यालयको तर्फबाट उक्त रकम सहयोग गरिएको विद्यालयका प्रिन्सिपल यामराज गिरीले जानकारी दिए । सहयोग रकमको चेक विद्यालय सञ्चालक समितिका अध्यक्ष युद्धप्रसाद कोइराला र प्रिन्सिपल यामराज गिरीद्धारा संयुक्त रुपमा चेक पीडित शिक्षकका परिवारलाइ हस्तान्तरण गरिएको थियो ।







