सिम्तामा खोलाले बगाउँदा एक बालिका बेपत्ता

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ९ खाम्नामा रहेको कुदाल खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । सिम्ता गाउँपालिका–९ बस्ने कल्पना बादीकी ७ वर्षीया छोरी मनीषा बादीलाई कुदाल खोलाले बगाएको प्रहरी चौकी आली सुर्खेतले जानकारी दिएको छ ।

बालिकालाई खोलाले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलाले बगाएर बेपत्ता भएकी बालिकाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

सिम्तामा खोलाले बगाउँदा एक बालिका बेपत्ता

कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या

सिम्तामा खोलाले बगाउँदा एक बालिका बेपत्ता

जुम्लामा उमेर नपुग्दै १५.७ प्रतिशत किशोरी आमा