१७ प्रतिशत किशोरीहरु आमा बनेपछि

जुम्लामा १९ वर्ष उमेरका १७ प्रतिशत किशोरीहरू आमा बन्ने गरेको एक अध्ययनले देखाएको छ । जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढी रहेको औंल्याएको हो । २० वर्षमुनि गर्भजाँच गर्ने किशोरीको तथ्यांक पनि सार्वजानिक गरेको छ।
त्यसमध्ये जुम्लाको गुठिचौर गाउँपालिमा ३३ प्रतिशत,पातारासी गाउँपालिका २४ प्रतिशत,तिला गाउँपालिकामा २२ प्रतिशत,तातोपानी गाउँपालिकामा २० प्रतिशत किशोरी २० वर्ष नपुग्दै किशोरी गर्भवती हुने गरेको पाइएको छ । यता कनकासुन्दारी गाउँपालिकामा २० प्रतिशत,हिमा गाउँपालिकामा १७ प्रतिशत,सिंजा गाउँपालिकामा १५ प्रतिशत र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको देखिन्छ ।
यता जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सिनियर अनमिन मोर्चा शाहीले भनिन् गाउँ घरमा छिट्टै विवाहगर्ने चलन छ, शिक्षाको कमी छ ।’चाँडै उमेरमा विवाह हुनेहरू बच्चा जन्माउने र हुर्काउनेबारे जानकार हुँदैनन् । ‘शरीरका सबै अंगको पूर्ण विकास भइसकेको हुँदैन,’ उनले भनिन्, ‘कम उमेरमै आमा बन्दा बच्चा कसरी हुर्काउने भन्ने ज्ञान हुँदैन ।’

शाही छिटोछिटो बच्चा जन्माउनेमा पछि पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर हुने खतरा बढी हुने बताउँछिन् । स्वास्थ्य सेवा सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार शिक्षाको स्तर बढदै जाँदा कम उमेरमै विवाह गर्नेको संख्या भने घटदै गएको देखिएको छ। कम उमेरमा बच्चा जन्माउनेमा अति गरिब, गरिब र मध्यम आर्थिक अवस्था भएकाको संख्या सम्पन्नको तुलनामा बढी सर्वेक्षणले औंल्याएको छ।

त्यस्तै जनस्वास्थ्य कार्यालयको आव २०७७/०७८ को तथ्यांक अनुसार जुम्लाका ८ सय ६० जना किशोरीहरु २० वर्ष नपुगी आमा बनेको तथ्यांक सार्वजनिक भएको थियोे ।चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी रहेका छन् पातारासी गाउँपालिकामा १ सय ३४ कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठिचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमामा ७७ जना गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै किशोरी गर्भवती भएकी थिइन्। ठोस नीति बजेट अभावले बालविवाह चुनौतिपुर्ण देखिएको सरोकावालाहरु बताउँछन्।






