गिरीबन्धु टी स्टेटबारे ओलीको जवाफ : बालेनलाई सोध्नुस्


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् ।

सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चारकर्मीको गिरीबन्धु टिस्टेबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै उनले मेयर शाहलाई सोध्न आग्रह गरेका हुन् ।

मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टिस्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए ।

सञ्चारकर्मीहरुको गिरीबन्धु टि स्टेटको कुरा एकदम आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस्’

सोमबार शाहले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन लागेको आरोप लगाएका थिए ।

गिरीबन्धु टी स्टेटबारे ओलीको जवाफ : बालेनलाई सोध्नुस्

भीरबाट लडेर महिलाको मृत्यु

गिरीबन्धु टी स्टेटबारे ओलीको जवाफ : बालेनलाई सोध्नुस्

सरस्वती मावि काँडा सिम्तामा एक लाखको अक्षकोष