सरस्वती मावि काँडा सिम्तामा एक लाखको अक्षकोष स्थापना


सुर्खेतको उत्तरि पुर्वी क्षेत्रमा रहेको सरस्वती मावि काँडा सिम्ता खानिखोलामा युवाहरुले एक लाखको अक्षकोष स्थापना गरेका छन् । अति विपन्न वालवालिकाको पठन पाठनमा अत्यन्तै सहयोगी वनोस भनेर यो पुनित काम गरेको युवा मोहन रानाको भनाइ रहेको छ ।
रानाका अनुसार अहिले नगरे कहिले गर्ने हामले नगरे,कस्ले गर्ने भनी रहदा शिक्षा,स्वास्थ जस्ता जनता संग प्रत्येक्ष जोडिएका अति आधारभूत कुराहरु राज्यले सम्पुर्णको पहुँचमा र सर्वसुलभ रूपमा उपलब्ध गराउनु पर्छ भनी रहदा सुबिधा सम्पन्न शहर भन्दा दुरदराज गाउँमा यस्ता अभियान आवश्यक रहेको औंल्याए ।
‘आज गाउँ घरका बिधालय लाई पनि हामले बिश्व गर्नु पर्छ र शैक्षिक बाताबरण राम्रो बनाउन, भोलिको उज्यालो भविस्य स–साना बालबालिका विद्यार्थी साथीहरूलाई सानो भएपनि हौसला प्रदान गर्नु हामी सबैको दाइत्व हो ।’ रानाले हाम्रो गाउँ हामी आफैले बनाउने हो, अरु कसैले आएर बनाइदिने वाला छैन तसर्थ युवा समाज रुपान्तरणको प्रमुख आधार हो भनी रहदा अति सानो काम गरिएको जनाए ।
ग्रामीण प्रतिभाशाली युवा क्लब को तर्फबाट र बिधालयका पुर्व विद्यार्थीहरुको तर्फबाट एक लाखको छात्रवृत्ति अक्षय कोष स्थापन गर्नुको साथै उत्कृष्ट, जेहेन्दार र निम्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । आउँदा दिनहरू यस्तै सृजनशील कार्यहरुलाई निरन्तरता दिने समेत जनाएको छ ।





