कर्णाली करिडोरको सर्केगाड–खार्पु सडकमा यातायात चलाउन टाइम कार्ड लागु

![]()
कर्णाली करिडोरको सर्केगाड–खार्पु सडकमा यातायात सञ्चालन गर्न समय तालिका लागु गरिएको छ ।
कर्णाली करिडोरको ग्युसी–लालीबगर खण्डको सडक निर्माण कार्य सम्पन्न भए पनि उक्त सडक कर्णाली करिडोर उत्तरखण्ड हुम्लाको हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हस्तान्तरण नभएकाले यस खण्डमा सार्वजनिक यातायात सञ्चालनका लागि समय तालिका (टाइम कार्ड) लागु गरिएको हो ।
सो सडकमा सिमकोट आउने जाने सवारी साधनको चाप बढेपछि स्थानीय प्रशासनले एक सूचना जारी गरी प्रत्येक दिन बिहान ६ बजे देखि ८ बजे सम्म सर्केगाडबाट खार्पु आउने र दिउँसो ११ बजे देखि १ बजे सम्म खार्पु देखि सर्केगाड जाने गरी समय तालिका निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए ।
सो खण्डमा सडक निर्माणका बाँकी काम प्रभावित नहुने गरी समय तालिका (टाइम कार्ड) लागु गरिएको प्रजिअ पोखरेलले बताए । समय तालिका लागु गरिएसँगै खार्पुनाथ गाउँपालिका–५ स्थित खार्पुसम्म निर्बाध रूपमा यातायातका साधन सञ्चालनमा आउने छन् ।





