कोहलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु


बाँकेको कोहलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।

कोहलपुर १२–सुन्दरबस्तिका १६ वर्षीय विशाल परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

अत्यधिक गर्मी बढेपछि केही दिनदेखि विद्यालय बन्द छन् । विद्यालय बन्द भएसँगै गर्मी छल्न घर नजिकैको डढुवा खोलामा साथीहरूसँग पौडी खेल्न गएका विकको डुबेर मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेका किशोरलाई स्थानीय र प्रहरीहरू मिलेर खोजिकार्य गरेपछि विकको शव फेला परेको निरीक्षक भट्टराईले जानकारी दिए ।

कोहलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

सदनमा ‘लोडसेडिङ’बारे सरकारको ध्यानाकर्षण