देउलिमा हत्या घटनासँगै ३ दुधे वालकको विच्चलि

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं,४ देउलिमा दम्पती नै मृत्यु पश्चात् ३ वालवालिका विच्चलिमा परेका छन् । हत्या घटना पश्चात् सुनसान घर तेहि घरमा टोलाइ रहका ३ वालक यतिखेर अभिभावकत्वको खोजिमा छन।
बाबुले आमाको हत्या गरे पछि पुनः आफ्नो हत्या गरेका मनोजको घर विरानो मात्रै छैन,निकै उराठ देखिन्छ । बाबुले आमा मार्दै छन भन्ने संकेत थाहा पाउने वित्तीकै कपडा र चप्पल नलगाई भागेका थिए ती वालक ।
२ वर्षिया छोरि सुस्मिता वुढा,४ वर्षिया छोरा भुपेन्द्र वुढा र ९ वर्षिया वालक रेशम वुढा यतिखेर विच्चलिमा छन् ।उनिहरुलाइ नजिकैको छिमेकीमा आस्रय दिएको छ।
आइतबार विहान करिव साढे ५ वजेको समयमा मनोज वुढाले श्रीमति कमला वुढाको धारिलो हतियार प्रयोग गरि हत्या गरे लगत्तै मनोज घरमै दलिनमा आफुले सुसाइड गरेको प्रहरीको प्राम्भिक अनुमान छ ।
स्थानीय दल वहादुर वुढाका अनुसार मनोज वुढा अलि मानसिक रुपमा त्यति राम्रो नभएको जनाएको छ । दुबै बाबु आमाको मृत्यु पश्चात् दुई वर्षे दुधे वालक सहित ३ वालवालिकाको विच्चलि परेको छ । अस्थाई रुपमा स्थानीय केहिदिन घरमा लगेर राखे पनि उनिहरुको पालन पोषण लगाएतका कुरामा निकै समस्या हुने स्थानीयको भनाइ रहेको छ ।
९ वर्षिया रेशमले बाबुले आमा काटे पछि दुईभाइ उठाएर रुदै छिमेकीको घरमा पुगेर खबर गरेका थिए ।ती नावलका वच्चा वच्चिको पालन पाषणमा झन समस्या तेस्रिएको वडा अध्यक्ष पुष्कर वुढाको भनाइ रहेको छ ।





