निःशुल्क स्वास्थ्य शिविरमाः झन्डै दुई हजार बढीले सेवा लिए


जुम्लाको दुर्गम सिंजा गाउँपालिका– ३ मा तीन दिने निःशुल्क वृहत् स्वास्थ्य शिविर संचालन भएको छ । गाउँपालिकाको सहजीकरण तथा ब्रिटिश गोर्खाज् नेपाल कादुरीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो।शिविरमा दुई हजार बढीले विभिन्न किसिमका सेवा लिएका छन् । विशेषज्ञ डाक्टरले स्वास्थ्य चेकजाँच गरेका थिए ।
शिविरमा महिला एक हजार ४ सय ४८, र पुरुष ९ सय १ जना सहित कुल दुई हजार ३ सय ४९ जनाको स्वास्थ्य परीक्षण गरेका थिए।सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूतिरोग, मुटुरोग, दन्तरोग, हाडजोर्नी, आँखा, नाक कान घाँटीको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए ।
उनले भने १ सय १ जना महिला र ८६ जना पुरुष गरी १ सय ८७ जनाले प्रयोगशाला सेवा लिएका छन् ।शिविरमा ५ सय १३ जना महिलाले पाठेघर चेकजाँच गरेका छन् । ७ जना महिलाको पाठेघरमा रिंग राखिएको छ । ५५ जना महिलाले भिआइए सेवा लिएको संयोजक रोकायाले बताए ।
१ सय ६५ जना नागरिकले मुटु चेकजाँच गरे । जसमध्ये महिला ७१ जना र पुरुष ९४ जना छन् । ७ सय ३६ जना महिला र एक हजार ३ सय २६ जना पुरुष गरी दुई हजार ६२ जनाले शिविरमा बहिरंग सेवा लिएका छन् ।
यस्तै ४ सय ४८ जना पुरुष र एक हजार १ सय १० जना महिला गरी एक हजार ५ सय ५८ जनाले शिविरमा आँखा चेकजाँच गराएका छन् । यस मध्ये २९ जना पुरुष र ३४ जना महिलाको आँखा शल्यक्रिया गरिएको स्वास्थ्य रोकायाले बताए ।
उनले भने ४ सय ११ जना पुरुष र ८ सय ६९ जना महिला गरी एक हजार २ सय ८० जनालाई चस्मा वितरण गरिएको छ । २ सय २८ जना पुरुष र ३ सय ८८ जना महिलाले डेन्टल सेवा लिएका छन् । यस मध्ये ५ सय ३४ जनाको दात निकाएको छ ।
२७ जनाले एआरटी भर्ने काम गरेका छन् । १ सय २० जनाको दात सफा गरिएको जनाएको छ । यता सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीका अनुसार दुर्गम भेगका नागरिक समयमै अस्पताल जान सकेका हुदैनन् । रोग पालेरै बसेका हुन्छन् ।
विशेषगरी पाठेघर समस्या भएका ग्रामिण भेगका महिला खुल्दैनन् । गाउँघरमै यस्ता घुम्ती शिविरले सेवाग्राहीलाई सहज हुने गर्दछ । उनले भनिन्, यस्ता एककिृत घुम्ती शिविर सिंजा गाउँपालिकाले बेला बेला सञ्चालन गर्ने गरेका छ । यसबाट धेरै सेवाग्राही लाभान्वित भएका छन् । एकै जना व्यक्तिले शिविरमा थरी थरीका सेवा लिएका छन् ।
स्थानीय स्तरमै विशेषज्ञ चिकित्सक सेवा उपलव्ध गर्ने उद्देश्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने सिंजा भेगमा तीन वटा पालिका रहेका छन् । यो क्षेत्रका हिमा, कनकासुन्दरी र सिजा गाउँपालिका स्थानीयवासीले सेवा लिएका छन् ।







