जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने

जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाको आयोजनामा एके ईभेन्ट वहुउद्देश्यीय प्रा.ली सुर्खेतले जुम्लामा महोत्सव गर्ने भएको हो।आउदो २०८१ वैशाख १२ देखी २३ गते सम्म महोत्सव सञ्चालन गरिने पत्रकार भेटघाट मार्फत जानकारी गरिएको छ । प्रतिष्ठानका अध्यक्ष कर्ण बुढ्थापले महोत्सव सञ्चालन गर्नका सवैको सहयोग तथा सहकार्य आवश्यकता रहेको बताए ।

उनले भने, जुम्लामा पर्यटन, सास्कृति तथा आर्थिक व्यापार प्रवर्धनका लागि महोत्सव गरिने भएको छ । आयोजकका अनुसार स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति हुने भएको छ । २० जना कलाकारहरुको उपस्थित रहनेछ । महोत्सव सञ्चालन गर्नका लागि अनुमानित खर्च योजना वनाएर अगाडि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

जुम्लामा उद्योग बाणिज्य संघले करिब ३ बर्ष अगाडि महोत्सव आयोजना गरिएको थियो । कोरोनाका कारण ठूला महोत्सव गर्न नसकेको जुम्लामा यस पटक महोत्सव चन्दननाथ नगरपालिकाको वडा– ५ मा अवस्थित राजासिममा गरिने भएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा चर्चित राष्ट्रिय कलाकारको पनि उपस्थित हुने भएको छ ।

यस्तै जिल्लाबाट राष्ट्रिय स्तरमा चर्चित कलाकार जुम्लाका छत्र शाही, सुरज पण्डित, कालिकोटका ईस्व्यू संजाल सहितका कलाकारको सहभागि गराउनुपर्ने सुझाव दिईएको छ ।

जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने

शारदा नदीमा सहर माछाको अध्ययन हुँदै, छत्रेश्वरीमा

जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने

निशुल्क स्वास्थ्य सेवाको माग गर्दै जुम्ला पुगेः