चैत अन्तिममा एमालेकोे कालीकोटमा अधिवेशन


नेकपा (एमाले) कालीकोटको जिल्ला अधिवेशन चैत २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ । पार्टीको ११ औं जिल्ला अधिवेशन सदरमुकाम मान्ममा गर्ने र चैत १० गते स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको एमाले कालीकोटले जनाएको छ ।

जिल्ला अधिवेशनका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले) कालीकोटले भातृ संगठनलाई अधिवेशनमा भाग लिन पाउने निर्णय गरेको छ ।

जिल्लाका क्रियाशील भातृ संगठनबाट तीन जनाका दरले ६५ जना प्रतिनिधि आउन पाउने निर्णय गरेको हो । आयोजक कमिटीका १ सय ९ जना स्थानीय तहबाट आउने १ सय ८५ जना र प्रतिनिधि संख्याको पाँच प्रतिशतका दरले मनोनित गरेर ३ सय ८० जना प्रतिनिधि छनोट हुने भएका छन् ।

जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डेले आर्थिक लगायतका सबै हिसाबले खुला प्रतिनिधिका लागि ३५ जना बराबर १ जना र दलित महिलाको हकमा २५ जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनोट गर्ने निर्णय गरेको बताए । अधिवेशनका लागि सात वटा उपसमिति समेत गठन गरिएको छ ।

एमाले कालीकोटका उपाध्यक्ष दयाराम सिम्खडाले सकेसम्म ११ औँ अधिवेशनको नयाँ नेतृत्व सहमतिका आधारमा छनोट गर्ने बताए । उपाध्यक्ष सिम्खडाले पहिलो सहमतिमै जोड दिने भएकाले निर्वाचनको सोच कसैले पनि बनाउनु नहुने बताए ।

चैत अन्तिममा एमालेकोे कालीकोटमा अधिवेशन

नाकामा रोकिएका ३० वटा ट्रक दैलेख आउने

चैत अन्तिममा एमालेकोे कालीकोटमा अधिवेशन

कालिकोटको महावैमा नुनको डिपो स्थापना