हिउँ हटाएपछि खुल्यो नाग्मा–गमगढी सडक


हिउँ पन्छाएपछि र नाग्मा–गमगढी सडक खण्ड संचालनमा आएको छ । केही दिनअघिको हिउँले नाग्मा– गमगढी सडक खण्ड अन्तर्गत घुच्चीडाब, बुलबुले, सिटिचौर लगायत सडक क्षेत्रमा जमेको बाक्लो हिउँ सडक डिभिजन कार्यालयले स्काभेटर लगाएर हिउँ पन्छाएपछि अवरुद्ध सडक खुलेको हो ।

सडकमा जमेको बाक्लो हिउँ दुई दिनसम्म स्काभेटर लगाएर पन्छाएपछि सडक सुचारु भएको र रोकिएका सवारी साधनहरु सुचारु भएको सडक डिभिजन कार्यालय जुम्लाका देबेन्द्र बिष्टले बताए ।

सडकमा जमेको हिउँ पन्छाउन कर्मचारी, स्काभेटर तैनाथ अवस्थामा राखिएको उनको भनाइ छ ।चार दिनदेखि अवरुद्ध रहेका सवारीसाधन संचालनमा आएका छन् ।

एक दशकअघि नेपाली सेनाले निर्माण गरि संचालनमा आएको नाग्मा–गमगढी सडक कालोपत्रे नहुँदा हिउँद र बर्खामा सवारी साधन चल्न कठिनाइ हुने गरेको छ । रारा तालसंग जोडिएको गमगढी नाग्मा सडक कालोपत्रे नहुँदा रारा घुम्न आउने पर्यटकलाई थप समस्या भएको छ ।

हिउँ हटाएपछि खुल्यो नाग्मा–गमगढी सडक

भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष

हिउँ हटाएपछि खुल्यो नाग्मा–गमगढी सडक

ऐतिहाँसिक कर्णाली खस साम्राज्यको इतिहाँस

This will close in 0 seconds