प्रदेशस्तरीय फुटबलको उपाधि जित्ने खेलाडीलाई सम्मान

जुम्लाको सदरमुकाम खलंगामा आयोजना गरिएको प्रदेशस्तरीय फुटबल प्रतियोगितामा उपाधि जित्ने जुम्लाको टिमलाई सम्मान गरिएको छ ।
फुटबलको क्षेत्रमा सिंगो जुम्लाको नाम उचाइमा पुु¥याउन सफल भएको भन्दै कर्णाली खेलकुद क्लब जुम्लाले खेलाडीहरुलाई सम्मान गरेको हो । जुम्लाले हुम्लालाई शुन्यका विरुद्ध ४ गोल गर्दै पराजित गरेको थियो ।

कर्णाली प्रदेशका दस जिल्ला मध्ये ६ वटा जिल्लाका खेलाडीहरु फुटबल खेल्न जुम्ला पुगेका थिए । जुम्लाले सुर्खेत र हुम्लाको टिमलाई पराजित गरेर विजेता बनेको थियो । फागुन १५ देखि १८ गतेसम्म फुटबल प्रतियोगिता संचालन भएको थियो । कर्णाली खेलकुद क्लबका संरक्षक तथा विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले फुटबल खेलमा खेलाडीहरुले प्रदर्शन गरेको खेल निकै राम्रो देखिएको बताए ।

उनले खेलाडीहरुको मिहिनेत, प्रशिक्षकहरुको नियमित निगरानी र टिमको व्यवस्थापनको कुशल व्यवस्थापनले प्रदेशस्तरीय फुटबल विजेता बन्न सकेकोमा खुसी व्यक्त गरे । धावक रोकायाले खेलाडीलाई नियमित खेलमा लाग्नसमेत आग्रह गरे । साधनाबिना कुनै पनि कामको उपलब्धि नहुने भन्दै दत्तचित्त भएर फुटबल खेलमा सहभागी हुनुपर्ने बताउँछन्।

खेलाडी रुवेन भण्डारीले पहिलो पटक कर्णाली खेलकुद क्लबले खेलाडीहरुको सम्मान गरेकोमा हौसला बढेको बताए।यसअघि जुम्लाका फुटबल खेलाडीहरुले छिमेकी जिल्ला मुगुको खत्याडमा भएको प्रतियोगितामा समेत जितेका थिए ।जुम्लामा फुटबल खेलको संभावना निकै राम्रो छ । तर खेलमैदान नहुँदा खेलाडीहरु नियमित अभ्यास गर्न पाइरहेका छैनन् ।

प्रतियोगिता आयोजना गर्दासमेत नेपाली सेनाको खेलमैदान गुहारेर खेलाउनुपर्ने बाध्यता छ ।यता जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापा व्यवस्थित खेलमैदान र खेलाडीहरु प्रतिको सम्मान आवश्यक रहेको बताउँछन्।

उनले भने, ‘पहिले लगाउने मोजाको बलबाट सुरु भएको फुटबल, गाउँपालिका हुँदै जिल्ला र प्रदेशसम्म पुगेको छ । जुनसुकै प्रतियोगिताहरुमा अनुशासन र मर्यादित भएर खेल खेल्ने खेलाडीहरुले प्रतिबद्धता जनाए।

प्रदेशस्तरीय फुटबलको उपाधि जित्ने खेलाडीलाई सम्मान

सत्ता गठबन्धन भत्कियो: एमाले, माओवादी र रास्वपाको

प्रदेशस्तरीय फुटबलको उपाधि जित्ने खेलाडीलाई सम्मान

YUGAAWHAN NATIONAL DAILY (2080-11-21)