वीरेन्द्रनगरमा नेपाली सेनाले ‘रन फर यूनिटी’ गर्दै

श्री उत्तर पश्चिम पृत्तना हे.क्वा. निमारे ब्यारेक सुर्खेतले यहि फागुन १२ गते एकताका लागि दौडको आयोजना गरेको छ । बुधवार पत्रकार सम्मेलनगरि विगत वर्षमा झैं यस कार्यक्रमलाई निरन्तरता दिनको लागि यस वर्ष पनि एकताका लागि दौडको आयोजना गरिएको श्री उत्तर पश्चिम पृत्तना हे.क्वा.निमारे ब्यारेक सुर्खेतका पृतनापति कृष्णिदेब भट्टले जानकारी दिए ।
यस कार्यक्रममा लामो दुरीको दौड कर्णाली प्रदेशको पहिचान, राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
साथै खेलकुद क्षेत्रको विकासमा थप टेवा पु¥याउन, विद्यार्थी तथा खेलाडीहरुलाई हौसला प्रदान गर्न, राष्ट्रियता संस्कृति जगेर्ना गर्ने माध्यमको रुपमा विकास गर्नका लागि पनि यो महत्व रहेको उनको भनाई छ ।
यस कार्यक्रममा पाँचदेखि २१ किलोमिटरको दौड हुने जनाईएको छ ।
५ किलोमिटर पैडल यात्राकोको लागि विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु, प्रदेश सरकार तथा स्थानीय सरकार प्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, नेपाली सेनाका ईच्छुक सकलदर्जा, अन्य संघ संस्थाहरु एनजियो, आएनजियो,भू.पू सुरक्षाकर्मी, स्थानीय क्लबहरु, पत्रकार, स्थानिय व्यक्तिहरु सहभागि हुनेछन् ।
दौडको अतिरिक्त सैनिक सामग्री तथा फोटो प्रदर्शनीमा श्री उत्तर पश्चिम पृतना अन्तर्गत रहेका युद्धक तथा युद्ध मद्दती फौजहरुले प्रयोग गर्ने सामग्री तथा उपकरणहरुको साथ साथै विगतमा उक्त युनिटहरुले गरेका मुख्य मुख्य कार्यहरुको फोटो प्रदर्शनी गरिनेछ ।
कार्यक्रमको दिनमा खुल्ला मञ्चमा विहान ७ः३० देखि दिउँसो २ः०० बजेसम्म हुनेछ,भने दौडको शुरु विन्दु र अन्तिम विन्दु खुल्ला मञ्चको उत्तर तर्फ रहेको पार्किङ्ग ईलाका नजिक अवस्थित गेट रहनेछ ।
५ किलोमिटर दौड र ५ किलोमिटर पदैल यात्राको रुटमा शुरु विन्दु–घन्टाघर चोक–गणेश चोक–मिलन चोक– जुम्ला रोड– मंगलगढि चोक–वसपार्क – रंगशाला– धमला चोक हुँदै अन्तिम विन्दु हुनेछ ।
१० किलोमिटर दौडको रुटमा शुरु विन्दु –घन्टाघर चोक–गणेश चोक–कालु चोक– त्रिपुरेश्वर चोक– जुम्ला रोड–एरी चोक–मंगलगढि चोक–कालिन चोक हुँदै अन्तिम विन्दु हुनेछ ।
२१ किलोमिटर हाफ म्याराथन दौडको रुटमा शुरु विन्दु – घन्टाघर चोक–मिलचोक–त्रिपुरेश्वरचोक–जुम्ला सडक राजमार्ग– ऐरीचोक– मंगलगढी चोक– नयाँगाउ जानेबाटो– काक्रेविहार भाईरल रोड बाटो– चोखेढुङ्ग– पानी ट्याङ्की –देउतीबज्यै – पिपिराचोक– अमरज्योती स्कुल हुँदै अन्तिम विन्दु हुनेछ ।
५ किलोमिटरमा दुई सय ५० देखि तीन सय सम्म सहभागि हुनेछन् ।
५ किलोमिटरको महिला दौडमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थि एक सय ५० देखि दुई सय सम्मका विद्यार्थि सहभागि हुनेछन् । जसमा प्रथम पुरस्कार १० हजार, द्धितीय पुरस्कार पाँच हजार र तृतीय पुरस्कार तीन हजार रहेको छ ।
यस्तै पुरुष दौडमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थि एक सय ५० देखि दुई सय सम्मका विद्यार्थि सहभागि हुनेछन् । जसमा प्रथम पुरस्कार १० हजार,द्धितीय पुरस्कार पाँच हजार र तृतीय पुरस्कार तीन हजार रहेको छ ।
१० किलो दौडमा एक सय ५० देखि दुईसयजना पुरुष सहभागि हुनेछन् । जसमा प्रथम पुरस्कार २० हजार, द्धितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार रहेको छ ।
यस्तै १० किलो दौडमा एक सय ५० देखि दुईसयजना महिला सहभागि हुनेछन् । जसमा प्रथम पुरस्कार २० हजार, द्धितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार रहेको छ ।
२१ मिलोमिटर दौडमा ७५ देखि एक सय जना पुरुष सहभागि हुनेछन् । जसमा प्रथम पुरस्कार ३५ हजार, द्धितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १५ हजार रहेको छ ।
यहि फागुन २ गतेदेखी यहि फागुन १० गतेसम्म श्री नेपाली सेना सुपथ मुल्य क्याण्टिन, मंगलगढी चोक, श्री कालीबहादुर गण, कपासे ब्यारेक, मुलगेट, श्री उत्तर पश्चिम पृतना हे.क्वा., निमारे, मुलगेट र श्री नं.२ राजदल गण, एयरपोर्ट ब्यारेक, मुलगेटमा वितरण गरिनेछ ।
कर्णाली प्रदेशको विशेषताको रुपमा रहेको लामो दुरीको दौड र विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत राष्ट्रिय एकताको भावना विकास गर्नका निमित्त एकताको लागि दौड–२०८० संचालन गर्न लागिएको श्री उत्तर पश्चिम पृत्तना हे.क्वा. निमारे ब्यारेक सुर्खेतका सह चिफ अफ महासेनानी सुवास खड्काले जानकारी दिए ।






