बाँकेको चप्परगौडी–निबुवा हुँदै सल्यानको घुइयाबारी जोड्ने सडकको अनुगमन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निकुञ्ज क्षेत्रभित्र विकास निर्माणको काम अगाडि बढाउन समस्या देखिएकाले समाधानका लागि संसद्मा छलफल भइरहेको बताएका छन् ।

बाँकेको चप्परगौडी–निबुवा हुँदै सल्यानको घुइयाबारी जोड्ने सडकको आज अनुगमन गर्ने क्रममा मन्त्री ज्वालाले निकुञ्जको विद्यमान नीतिलाई संशोधन गरेर भएपनि समस्या समाधान गर्ने बताए ।

उनले उक्त सडकखण्डमा पर्ने वन क्षेत्रको समस्या पनि समाधान गरिने बताए । सडकको कामको प्रगति र कठिनाइ बुझ्न आफू स्थलगत अनुगमनमा आएको बताउँदै मन्त्री ज्वालाले द्रुत गतिमा गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

चालू आर्थिक वर्षमा उक्त सडकका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले अहिले दायाँबायाँ पक्की नाली निर्माण, माटो पटान लगायतको काम भइरहेको जानकारी दिए ।

बाँकेको चप्परगौडी–निबुवा हुँदै सल्यानको घुइयाबारी जोड्ने सडकको अनुगमन

कप्तान रोहितले ४ विकेट लिँदै क्यानडाविरुद्ध नेपाललाई