हराएकी बालिका १४ दिनपछि सकुशल भेटिइन्


यहीँ माघ ११ गतेबाट बेपत्ता भएकी जुम्लाको सिंजा गाउँपालिका-६ जोडुगाउँ कि १२ वर्षकी रमिशा बुढा १४ दिनपछि सकुशल भेटिएकी छन्।
जुम्लाको तातोपानी गाउँपालिका -१ बाइराका गाउँबाट तातोपानी तिर आउदै गरेको अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।प्रमुख डिएसपी प्रल्हाद कार्कीका अनुसार ‘हराएको भन्ने खवर भएदेखि प्रहरीले खोजी कार्य गर्दा हराएको १४ दिनपछि पनि बालिका सकुशल भेटिइन्’, डिएसपी कार्कीले नागरिकसँग भने। बुधबार नै प्रहरीले बालिकाका बुबा चन्द्रबहादुर बुढाको जिम्मामा लगाएको छ।
रमिशा ११ गते घरबाट भेडा लिन जान्छु भनी भाडगाउँमा गएकोमा साँझ सम्म घरमा फिर्ता नभएको पछि बालिकाकि आमा बिष्नकली रावत बुढाले माघ १६ गते खोज तलाशको लागि निवेदन दिएकी थिइन्।






