दैलेखको दुल्लु नगरपालिका–१३ का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ ।
ब्रेन ट्युमरबाट ग्रसित वडाध्यक्ष शाहीको सोमवार बिहान आफ्नै निवासमा निधन भएको हो ।
शाही ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।