दूषित पानी उत्पादन गर्ने ३८ कम्पनी विरुद्ध मुद्दा


आर्थिक वर्ष २०८०÷८१ को ६ महिनाको अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेका ८९ वटा मुद्दामध्ये ३८ वटा मु्द्दा प्रशोधित पिउने पानीका मात्र छन् ।

विभागका अनुसार अर्ध वार्षिक अवधिमा न्यून गुणस्तर तथा दूषित उत्पादन गरी बिक्री वितरण गरेको विषयमा दायर गरिएका ८९ मुद्दामध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीका मुद्दा हुन् ।

यस्तै दूध तथा दुग्ध पदार्थका १० वटा मुद्दा रहेका छन् भने तेल–घ्यूका ६ वटा, मसलाजन्य पदार्थ ४ वटा, मिठाइका ४ वटा, खाद्यान्न दलहनका ४ वटा, महका ३ वटा दानाका ३ वटा, चाउ चाउका २ वटार अन्य खाद्य पदार्थका १५ वटा गरी जम्मा ८९ वटा खाद्य पदार्थका मुद्दा रहेका छन् ।

ती मुद्दामध्ये ३५ वटा दूषितका, ३२ वटा न्यून गुणस्तरका, १० वटा लेबल सम्बन्धी र १२ खाद्य ऐन नियम निर्देशिका उल्लंघनसँग सम्बन्धी रहेको विभागले जनाएको छ । खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दाहरु सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा दायर हुने व्यवस्था रहेको विभागले जनाएको छ ।

चालू आवको अर्धवार्षिक अवधिमा एक हजार एक सय ६७ नमुनाहरू संकलन भएको थियो । अर्धवार्षिक अवधिमा खाद्यान्न÷दलहनजन्यका तीन सय १० वटा नमुना संकलित भएका छन् भने तेल तथा घ्युजन्यका एक सय २१ वटा, फल तथा सागपात जन्य पदार्थका एक सय ६ वटा नमुना संकलन भएका छन् ।

यस्तै दाना पदार्थका ४९ वटा, मसलाका ७८ वटा, नुनका १३ वटा, गुलियो पदार्थका ३१ वटा, चिया कफिका ४८ वटा, दूध तथा दुग्ध पदार्थका ३७ वटा, प्रशोधित पिउने पानीका ३४ वटा, कन्फेक्सनरीका २३ वटा, मासुजन्य २ वटा र अन्य खाद्य पदार्थका ५२ वटा गरी जम्मा ९०४ वटा नमुनाहरूको विश्लेषण परीक्षण भएको थियो ।

खाद्यान्न÷दलहनजन्यका ७ वटा, चिया कफीका २ वटा, दूध तथा दुग्ध पदार्थका २ वटा, तेल–घ्यूका १० वटा, फल तथा सागपात जन्य पदार्थका ८ वटा, प्रशोधित पिउने पानीका ५ वटा, गुलियो पदार्थ २ वटा, दाना ७ वटा र अन्य २ वटा जम्मा ४५ वटा (४.९%) नमुनाहरूको परीक्षण प्रतिवेदन प्रतिकुल पाइएको विभागले जनाएको छ ।

दूषित पानी उत्पादन गर्ने ३८ कम्पनी विरुद्ध मुद्दा

त्रिपुरा माध्यमिक विद्यालयको प्रशासनिक भवनमा आगलागी

दूषित पानी उत्पादन गर्ने ३८ कम्पनी विरुद्ध मुद्दा

प्रत्येक वर्ष करिव २० हजार भन्दा बढी