विद्यालयमा अपूर्ण पूर्वाधार: पठनपाठन प्रक्रियामा अवरोध


गत २०७९ असोज महिनामा परेको अविरल वर्षाको पानीले पहिरो गई भत्किएका छायाँनाथ राराका ३ वटा विद्यालयमा रहेका शौचालयहरू हाल सम्म पुन निर्माण नहुँदा त्यहाँ अध्यनरत दुई सय भन्दा बढी बिद्यार्थीहरूको पढाइ प्रभावित हुँदै आएको छ ।
शौच गर्नको लागि विद्यार्थीहरू घर वा स्कुल भन्दा टाढाको झाडीमा जानाले उनीहरूको पढाइमा ढिला सुस्ती हुने गरेको छायाँनाथ रारा नगरपालिका वडा न ३ मालिका आधारभुत विद्यालयका प्रधानाध्यापक रङ्गबहादुर कार्कीले बताए । शौच गर्नको लागि हामी शिक्षकहरू पनि स्कुल भन्दा केही टाढा जानु पर्दछ जसले गर्दा केही समय बढी लाग्ने गर्दछ कार्कीले बताए । छायाँनाथकै श्री नवआदर्श आधारभुत विद्यालयमा पनि त्यहाँ रहेको एक मात्र शौचालय गत वर्ष असोजको वर्षाले पहिरो गई भत्किएको थियो ।
‘हामी शिक्षक तथा विद्यार्थीहरू अन्यत्र गयर काम चलाएका छौँ’ । प्रधानाध्यापक भीम बहादुर रावलले बताए । विद्यालयमा शौचालय निर्माणको लागि कतै बाट आर्थिक स्रोत जुट्न नसकेको पनि रावलले बताए । छायाँनाथकै अर्काे विद्यालय मालिका आधारभूत विद्यालय वडा नं १३ रूगामा भएको एक मात्र शौचालय वर्षाको पानीले भत्किए पछि शौचालय हाल सम्म निर्माणको लागि आर्थिक स्रोत कतै बाट नजुट्दा विद्यार्थी तथा शिक्षकहरू लाई शौच गर्नै समस्या भएको छ । प्रधानाध्यापक चन्द्र बहादुर शाहीका अनुसार १ देखि ५ कक्षा सम्म अध्ययन गर्ने १ सय ८५ विद्यार्थी संख्या रहेकाले उनीहरूको लागि शौचालयको सारै समस्या छ । बिभिन्न सङ्घ संस्था लाई अनुरोध गर्दा पनि समस्या समाधान भएन के गर्ने ?
मुगु जिल्ला खुल्ला दिशा मुक्त जिल्ला घोषणा भएको ५ वर्ष भएको छ । जिल्लामा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले पहुँचवाला विद्यालयमा मात्र सहयोग पु¥याउँदै आएका छन् ।





