मेडिकल सेन्टरद्वारा बिरामीको निःशुल्क उपचार सेवा


निजी क्षेत्रको औषधि बिक्रेता हेल्थ अस मेडिकल सेन्टरले न्यून आयश्रोत भएका लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको पाइएको छ । सेन्टरले वार्षिक कमाइ केही प्रतिशत सामाजिक सेवाभाव गर्नका लागि निःशुल्क उपचार सेवा गरिएको हो ।
सेन्टरका प्रमुख नारायण फडेराका अनुसार सेन्टरले आफ्नो वार्षिक कमाइको १५ प्रतिशत रकम सामाजिक सेवाभावका हिसाबले चार वटा गाउँपालिकाका न्यून आयश्रोत भएको लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार सेवा गर्ने गरेको छ ।
यसरी निःशुल्क उपचार गर्ने बिरामीलाई सेन्टरले आफ्नो मापदण्ड तयार पारेको छ । सेन्टरको मापदण्डभित्र पर्ने बिरामीलाई चेकजाँच र औषधि निःशुल्क प्रदान गर्ने गरिएको हो ।
सेन्टर निःशुल्क उपचार गर्ने बिरामीमा नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाका छन् । तीन वर्षयता २९ जना बिरामीको निःशुल्क उपचार गरिरहेको छ । निःशुल्क उपचार गरिएका बिरामी अधिकांश दीर्घरोगी छन् । निःशुल्क उपचार पाउने बिरामीमा प्रेसर, ग्याष्टिक, प्यारालाइसिस, हेपाटाइटिस, नशासम्बन्धी, दम, बाथ, निमोनियालगायत रोगका छन् ।
सेन्टरले बिरामीको अवस्था हेरी पूर्ण निःशुल्क, नेपालगञ्जमा खरिद मूल्यमा र खरिद मूल्यमा आधा सहुलियतमा औषधि सहयोग गर्ने गरिएको उनले बताए ।
सेन्टरले अब यसरी सामाजिक सेवाभावले बिरामीको निःशुल्क उपचार कार्यलाई आगामी दिनमा पनि जारी राख्ने भएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण औषधि किनेर सेवन गर्न नसक्ने अवस्थामा भएका बेला निःशुल्क औषधि पाएर आफूलाई सेन्टरले गुन लगाएको हो । सेन्टरका फाउण्डर हर्कसिंक भण्डारी छन् ।






