रारामा पर्यटनको सकारात्मक सन्देश !

कर्णालीमा पर्यटकीय सम्भावना ज्यादै छ । कर्णालीको प्रदेश सभा, यहाँ सञ्चालन हुने प्रादेशिक वहस तथा संघीय सरकारका वहस कार्यक्रमहरुमा समेत कर्णालीमा पर्यटन विकासका विषयमा छलफल समेत भएका छन् । कर्णाली प्रदेश सरकारले रारा–कर्णाली भ्रमण वर्ष, २०७५ समेत आयोजना गरेको थियो । तर कोभिड–१९ संक्रमण समयका कारण यस योजनाले गति समेत लिन सकेनन् । सरकारी आयोजनाहरु एकातर्फ रहेता पनि राराले भने आफ्नै सुरमा पर्यटकहरु तानि नै रहेको छ । विगत तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने राराले खासगरी आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि गरेको देखिन्छ ।
रारा भ्रमण जानका लागि मौसम अनुसार समय सकिएको छ । कर्णालीमा हिमपात शुरु भएसँगै रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत बाख्लो हिमपात हुन्छ । हिमपातका कारण रारा ता पुग्ने पर्यटकको संख्या पनि खट्न थाल्छ । तर रारा भनेको सुहाउँदो मौसमका लागि मात्र होइन । रारा ताल त हिमपात भएको समयमा भने पर्यटन आर्कषण गर्ने पर्यटकीय स्थल हो । विश्वको अग्लो सगरमाथा रहेको देशमा रारामा हिमपात नहुने त कुरै भएन । अव भने यस तर्फ पनि सोच्नु पर्ने समय आएको छ । हिमपातको समयमा त रारा झन् सुन्दर देखिन्छ । तर हामीले रारालाई सुहाउँदो मौसमका समयका लागि मात्र रहेको प्रचार गरिरहेका छौं । रारा पुग्न पूर्वाधारका दृष्टिकोणमा ज्यादै समसस्या रहने हाम्रो मापन छ । चिसोको समयमा त झनै कठिन यात्रा गर्नुपर्ने हाम्रो प्रचार छ । तर चिसोको समयमा राराको सुन्दरताको विषयमा हामीले वयान कमै मात्रामा
गरिरहेका छौँ ।
वर्षा र हिमपातको समयमा यात्रा कठिन नै हुन्छ, त्यो स्वभावित नै हो । दृश्यवलोकनका लागि मौसम पनि त्यति खुलेको हुदैन । तर पर्यटनमा सधै धेरै टाढासम्म हेर्नका लागि मात्र दृश्यवलोकन हुन्छ भन्ने छैन । पर्यटकहरु नौलो अनुभुती गर्नका लागि मात्र घुमफिर गर्ने हुन् । अहिले हिउँदको समयमा राराको सौन्दर्यता, रारा आसपासका वस्तीमा मानव वसोवास अहिलेको समयमा कस्तो होला ?, यो पनि त पर्यटकका लागि नौलो विषय हो । यो त उदाहरण मात्र हो, कर्णालीमा पर्यटन विकास गर्न छ भने, यहाँका पयैटकीय स्थलहरुलाई सबै समयमा खुला बनाउने योजना गर्नुपर्छ । फरक फरक मौसमका पर्यटकका लागि फरक नै अनुभुती रहन्छ । मौसमि अनुसार पर्यटकका लागि यातायातका साधन, पोशाक तथा पूर्वाधारहरुको आवश्यकता पर्छ । यस तर्फ पनि ध्यान दिनुपर्छ । त्यसैगरी कर्णाली यहाँको रैथाने परिकारले समेत परिचित नै छ । यस तर्फ हेर्दा हिमपातको समयमा खाने परिकार गर्मीमा पर्यटकलाई पस्केर कसरी स्वादमा लोध्याउन सकिएला र ? रारा आफैले पर्यटक तानिरहेको छ, अवको गन्तव्य भनेको राराका लागि बाह्र्रै महिला पर्यटकहरुको आगमन बनाउन पूर्वाधार निर्माण गर्ने हुन सक्छ । यस प्रकारले एकातर्फ सरकारलाई नै फाइदा छ भने अर्को तर्फ व्यवसायीहरुले मौसम अनुसार त्यहाँ व्यवसाय सञ्चालन गर्न पनि सक्छन् । अनि मौसम अनुसार नै कर्णालीमा उत्पादित रैथाने उपजको बिक्रि हुन सक्छ । यस तर्फ पनि सोच्ने कि ?






