सुर्खेत उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभा सम्पन्न


सुर्खेत उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

नीजी क्षेत्र बलियो भयो भने मात्रै आर्थिक समृद्धि हुने कर्णालीका व्यवसयीहरुले बताएका छन । कार्यक्रममा सहभागी व्यवसायीहरुले सरकारले निजी क्षेत्रमा लगानी गर्न नसक्दा आर्थिक संकट भएको बताएका हुन् ।

व्यवसयीहरुले अहिलेको अवस्थामा व्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको भन्दै बैकंले ताकेता नगरी केही समयका लागि सहुलियत दिन आग्रह गरेका छन ।

बजारहरुमा मन्दी छाएकाले व्यापारीलाई मर्नु र बाँच्नको अवस्था रहेकाको उनीहरुले गुनासो गरेका छन । व्यापारीहरु अहिले टिक्न सक्ने अवस्थामा नरहेको भन्दै बैकंले ब्याजदर नघटाए आफुहरु आन्दोलन गर्ने समेत चेतावनी दिएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे । उनले निजी क्षेत्रविना प्रदेशको आर्थिक समृद्धि सम्भव नभएको समेत जनाए । शर्माले कर्णालीको मुख्य समस्या गरिबी भएको भन्दै पर्यटकीय क्षेत्रमा बिकास गरी यहाँको समृद्धि गरिने बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण विसीले कर्णालीलाइ लगानीमैत्री बनाउन सरकारले विभिन्न क्षेत्रमा लगानी गरिरहेको उल्लेख गरे। उनले निजीलाइ उद्योग सञ्चालनको लागी लगानी आग्रहगर्दै प्रदेश सरकारले लगानीको वातारवरण तयार गरिरहेको बताए ।

उनले व्यवसायी र बैँकहरुबीचको सहकार्य आबश्यक रहेको भन्दै अव व्यवसयीहरुका समस्या विस्तारै समाधान हुँदै जाने दावी गरे ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले सम्पूर्ण उद्योगि, व्यावारीको आस्था र विश्वासको साझा धरोहरका रुपमा स्थापित गर्दै अघि बढ्ने बताए ।

सुर्खेत उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभा सम्पन्न

रारामा चार महिनायता चार हजार पर्यटक

सुर्खेत उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभा सम्पन्न

पातारासीको लुम काठेपुलमाथि सधैंभरि : जोखिमपूर्ण यात्रा

This will close in 0 seconds