बीमा दावी रकम भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनिले बीमा दावी रकम भुक्तानी गरेको छ ।

भूकम्पमा परि मृत्यु भएकी नलगाड नगरपालिकाकि उप–प्रमुख सरिता सिंहको परिवारलाई पाँच लाख ४० हजार रुपैयाँ बीमा दावी रकम भुक्तानी गरेको हो ।

नलगाड नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जि.सी, नलगाड नगरपालिकाका प्रमुख डम्बर रावत, नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी, नल्गाड नगरपालिका–४ का वडाअध्यक्ष बद्री पन्त लगायत सरोकारवालाको सहभागितामा सिटिजन लाइफ इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख मुरली भण्डारी र जाजरकोट शाखा प्रमुख गोबिन्दबहादुर बुढाले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जि.सीको हातबाट उपप्रमुख सरिता सिंह कि दिदी ताराकुमारी शाही लाई पाँच लाख ४० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रमा बोल्दै मन्त्री जि.सीले नागरिकको जिउँधनको सुरक्षाको लागि बीमा आवश्यक भएको र सबैले आ– आफ्नो आवस्यकता अनुसार बीमा गर्नु पर्ने बताए ।

त्यसैगरि नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारीले बिमाको पहुच दुरदराजका साथ बस्तिसम्म पु¥याउन पर्ने आवस्यक रहेको र यस्का लागि आफुले पनि विभिन्न कार्यक्रमहरु आगाडि बढाएको बताए ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरि कर्णाली प्रदेशका नागरिकको दुर्घटना बीमा गरिदिएको र उक्त दुर्घटना बीमा बापत भूकम्पमा परि मृत्यु भएका प्रत्येक ब्यक्ति लाई राष्ट्रीय बीमा कम्पनीले पनि जनही दुई लाख रुपैयाँका दरले रकम भुक्तानी गरेको छ ।

उक्त कार्यक्रमकै बिच गैरआवसिय नेपाली संघ कुवेतको नेतृत्व र गैरआवसिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद् इराकको सहकार्यमा ३८ जना मृतक परिवार लाई २० हजार र ६८ जना विस्तापित परिवारलाई १० हजारका दरले एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामाले सहयोग रकम भुक्तानी गरेका छन् ।

बीमा दावी रकम भुक्तानी

हुम्लाका खाद्य डिपोमा बिहिवारदेखि ढुवानी हुने

बीमा दावी रकम भुक्तानी

२० लाख ऋण मिनाहा गरिने हल्लाले कर्जा