भिरबाट लडेर एक जनाको मृत्यु

जुम्लामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका –१ बड्की गाउँमा बस्ने बर्ष अन्दाजी ७३ का मिमबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी बड्कीका प्रहरी सहायक निरिक्षक बखत बस्नेतका अनुसार मिमबहादुर घर नजिकैको बनमा गाई गोठाला गएका थिए । बेलुका घर नफर्केपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए ।
तत्कालै स्थानीय र प्रहरीले खोजतलास गर्दा मृतक शाही सोही वडाको बुनिभिड भन्ने भिरबाट लडेर मृत अवस्थामा फेला परेको निरिक्षक बस्नेतले बताए ।
बिहीवार जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी उमेशबहादुर चन्दको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेको डिएसपी प्रल्हाद कार्कीले बताए । उनले भने, ‘लास सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पोष्टमाटम गरि छोरा ऐनबहादु शाहीलाई बुझाइएको छ ।’





