सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दद्वारा प्राध्यापकहरु सँग छलफल


सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले प्राध्यापकहरु सँग छलफल गरेका छन् ।
अध्यक्ष चन्दले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति समेत रहेका प्राध्यापक डा.नन्दबहादुर सिंह, नेपाल प्राज्ञ प्रतिष्ठानका पुर्व सदस्य सचीव प्राध्यापक डा.जिवेन्द्रदेव गिरि र उप– प्राध्यापक थानेश्वर लामिछानेलाई गाउँपालिकामा स्वागत गरेका छन् ।

उनले प्राध्यापकहरु सँग सिम्ता गाउँपालिकालाई समृद्ध बनाउने विषयमा सल्लाह सुझाव पनि लिएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि चन्दले विभिन्न विषयका विद्वानहरुलाई गाउँपालिका भ्रमण गराइरहेका छन् । स्थानीय तहलाई सवल बनाउन विद्वानको राय सुझावलाई नीति कार्यक्रममा ढाल्ने नीति चन्दको रहेको छ ।

सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दद्वारा प्राध्यापकहरु सँग छलफल

अभियान चल्दै, घरेलु हिंसा बढ्दै

सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दद्वारा प्राध्यापकहरु सँग छलफल

लैंगिक हिंसा विरुद्ध छत्रेश्वरीमा महिलाहरुले सिके प्याड