अनुमतिपत्र बिनाका शिक्षक अध्यापन गराउँदै


कालीकोटको रास्कोट नगरपालिकामा कार्यरत अध्यापन अनुमतिपत्र बिनाका शिक्षकले अध्यापन गराइरहेका छन् । नगर प्रमुख धर्मराज शाहीको जोडबलमा नियुक्त भएका अध्यापन अनुमतिपत्र बिनाका शिक्षक अध्यापन जारी राखेका हुन् ।

नगरका विभिन्न विद्यालयमा ती शिक्षकले अध्यापन गराइरहेका छन् । कानुनतः अध्यापन अनुमतिपत्रबिनाका शिक्षक राख्न नपाउने भए पनि रास्कोटमा नगर प्रमुख शाहीकै जोडबलमा कानुनविपरीत काम भएको बताइएको छ ।

शिक्षा शाखा प्रमुख खेमराज शाहीले शुरुमा ८ देखि १० जना शिक्षक त्यस्तो भए पनि अहिले गत भदौमा सम्पन्न शिक्षक सेवा आयोगको अध्यापन अनुमतिपत्रको परीक्षापछि उनीहरुले अध्यापन अनुमतिपत्र प्राप्त गरेको दाबी गरे ।

रास्कोट नगरपालिकाले आफ्नो अधिकार क्षेत्र भन्दै मनलाग्दी गरिरहेको भए पनि कानुनी निकायले भने कुनै चासो दिएको छैन । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख प्रकाशचन्द्र धितालले अनुमतिपत्र बिनाका शिक्षक हटाउन आफूले जानकारी गरे पनि हटाएको वा नहटाएका बारेमा आफूलाई जानकारी नआएको बताए ।

नगरप्रमुख शाहीले कानुनअनुसार नै काम गरेको बताए । नगरप्रमुख शाहीले मिल्ने ठाउँमा आफ्ना मान्छे दुईचार जना स्वाभाविक राखेको भन्दै आफ्नालाई जागिर नदिने भनेर कतै नलेखिएको बताए ।

अनुमतिपत्र बिनाका शिक्षक अध्यापन गराउँदै

भूकम्प प्रभावितमा बढ्न थाल्यो मानसिक तनाव

अनुमतिपत्र बिनाका शिक्षक अध्यापन गराउँदै

YUGAAWHAN NATIONAL DAILY (2080-08-11)

This will close in 0 seconds