पोष्टमार्टम भएको चार दिन भई सक्दा पिडितले लास बुझन मानेन्

मुगुको छाँयानाथ रारा नगरपालिका—६ मुन्दु गाँउमा भएको सामुहिक हत्या प्रकरणका पिडित परिवारले घट्नामा संलग्न ब्यक्तिलाई हाल सम्म पक्राउ गर्न नसकेको भन्दै मृतकको पोष्टमार्टम भएको चार दिन बितिसक्दा पनी पिडितले लास बुझन नमान्दा अहिले लास गनाई रहेका छन ।

मुन्दु गाँउमा भएको सामुहिक हत्या भएको एक हप्ता भयो । प्रहरीले हाल सम्म घट्नामा संलग्न हत्यारालाई प्रक्राउ गर्न सकेकोे छैन । मृतकहरुको लासलाई पोष्टमार्टमकालागी कार्तिक ११ गते जिल्ला अस्पतालमा मृतकका आफन्त र प्रहरीले जिल्ला अस्पतालमा ल्याएका थिए ।

अस्पतालमा ल्याई पुराएका लासको कार्तिक १२ र १३ गते पोष्टमार्टम भएको हो । मृतकहरुको पोष्टमार्टम भएपनी हाल सम्म प्रहरीले घट्नामा संलग्न ब्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन नसकेको भन्दै पोष्टमार्टम भएको चार दिन पुग्दा समेत पिडितले लास बुझन नमानेका हुन ।

कार्तिक ८ गते सामुहिक हत्या प्रकरणमा २८ बर्षिया श्रीदेबि बोहोरा, सात महिने छोरा रहर , ८ बर्षिया छोरी अप्सरा बोहोरा र ११ बर्षिय छोरा मनोजलाई घट्नामा संलग्ना ब्यक्तिले धारिलो हतीयार प्रयोग गरि हत्या भएको थियो ।

घट्ना भएको एक हप्ता भई सक्यो प्रहरीले अझै सम्म घट्नामा संलग्न ब्यक्तिको नजिक पुग्न सकेको छैन । लासहरु अस्पातालमा छन आफन्तहरुले अहिले सम्म खान र सुत्न समेत पाएका छैनन । प्रहरीले ढिलो चाँडो भएपनी संलग्न ब्यक्ति समातेर कानुनी प्रक्रियामा ल्याउछौ भनेर आश्वासन दिन बाहेक अरु केही काम भएको छनै ।

मृतकहरुको पोष्टमार्टम गर्न दिएका छौ । पोष्टमार्टम भएको चार दिन भई सक्यो लासहरु अस्तालको पोष्टमार्टम घरमा राखिएका छन । घट्नामा संलग्नलाई प्रक्राउ गरी कानुनी प्रक्रिया नल्याउदा सम्म लास नबुझने भनी पिडितहरुको अडान भएकाले लास नबुझेको छाँयानाथ रारा नगरपालिका—६ का वडा अध्यक्ष मृतक श्रीदेबीका काका खेम रावलले बताएका छन । घटना भएको दुई दिन पछी प्रहरीले जानकारी पाएको हो ।

जानकारी पाउन बित्तिकै पिना प्रहरी चौकी र प्रहरी कार्यालयबाट प्रहरी पुगेको थियो । कार्तिक ११ गते नेपालगंजबाट तालिम प्राप्त कुकुर र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जुम्ला अधिकृत सहितको बिशेष टोली समेत घट्ना स्थलमा पुगेर अनुसन्धानका काम गरिरहेका छन ।

अहिले पनी केही प्रहरी उक्त स्थानमै छन । घट्नाबारे बुझन कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकाल आफै घट्ना स्थलमा पुगेका थिए ।

प्रहरीलाई यो घट्नाको बिषय ढिलो जानकारी भयो। ढिलो जानकारी भएपनी प्रहरी अनुसन्धानका सबै प्रक्रिया अपनाएर अनुसन्धान गर्दै छ । ढीलो चाँडो भएपनी संलग्न ब्यक्तिलाई कानुनी प्रक्रियामा ल्याएर छाड्छ । तर स्थानिय समुदायबाट प्रहरीलाई आबश्यक परेको सहयोग दिएको देखिदैन ।

मृतकहरुको पोष्टमार्टम भईसक्यो लास बुझेर परम्परागत सदगत गर्न पिडित परिवारलाई अनुरोध गर्दा हाल सम्म लास बुझन मानेको छैनन प्रहरी अनुसन्धानको सबै प्रक्रिया अपनाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले बताएका छन ।जिल्ला अस्पतालमा कार्तिक ११ गते लास ल्याई पुराएका हुन ।

पिडित परिवार र आफन्तको सहमतिमा कार्तिक १२ र १३ गते मृतकहरुको पोष्टमार्टम भईसकेको छ । पोष्टमार्टम भईसकेपछी परिवार र आफन्तले लास बुझेर लैजानु पर्ने हो । हाल सम्म लास जिल्ला अस्पताल ठिनी मुगुको पोष्टमार्टम घरमै राखिएका छन ।

पोष्टमार्टम घरमा लामो समय सम्म राख्ने फ्रिज लगाएत अन्य उपकरण नहुदा घटना भएको एक हप्ता भईसकेछ र लासहरु गनाईसके तत्कालै लास नउठाए अस्पताल क्षेत्रनै दुर्गन्धित हुने जिल्ला अस्पातका डाक्टर अर्जुन भामले जानकारी दिएका छन ।

पोष्टमार्टम भएको चार दिन भई सक्दा पिडितले लास बुझन मानेन्

कर्णालीमा ३ महिनामा ४ प्रतिशत पूँजिगत खर्च

पोष्टमार्टम भएको चार दिन भई सक्दा पिडितले लास बुझन मानेन्

खरको छानो विस्थापित कार्यक्रममा निवेदन आह्वान