नवरात्रको छैटौँ दिन: कात्यायनी देवीको पूजा आराधना गरिँदै

दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन शुक्रवार दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

हरेक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
नवरात्रको पहिलो दिन असोज २८ गते आइतवार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसैदिन घटस्थापना गरिएको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन सोमवार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौँ दिन बिहिवार स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो ।

नवरात्रको छैटौँ दिन: कात्यायनी देवीको पूजा आराधना गरिँदै

एनआरएनएको अध्यक्षमा एमाले निकट डा. बद्री केसी

नवरात्रको छैटौँ दिन: कात्यायनी देवीको पूजा आराधना गरिँदै

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान

This will close in 0 seconds