एनआरएनएको अध्यक्षमा एमाले निकट डा. बद्री केसी निर्वाचित

गैआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी (रसिया) निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् । केसीले एक हजार ३७८ मत पाए ।

उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरके (कतार)ले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठ (जापान)ले एक हजार २२५ मत र रविना थापा (अमेरिका)ले ४७ मत पाए । उपाध्यक्षमा डा. विनोद श्रेष्ठ (अष्ट्रेलिया), डा. हेमराज शर्मा (यूके), खगेन्द्र न्यौपाने (मलेसिया), राजु रेग्मी (कतार), रामशरण सिंखडा (यूके) र रोविनप्रसाद शेरचन (जापान) निर्वाचित भएका छन् ।

युवा उपाध्यक्षमा रोशन थापा (जाम्बिया) दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई (यूके) निर्वाचित भएकी छन् । युवा उपाध्यक्षमा रोशन थापा (जाम्बिया) दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई (यूके) निर्वाचित भएकी छन् ।

महासचिवमा गौरीराज जोसी (अमेरिका) निर्वाचित भएका छन् । उनले दुई हजार ३७ मत ल्याए । काठमाडौंमा भएको महाधिवेशनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको थियो । अध्यक्षमा निर्वाचित केसी एमाले निकट मानिन्छन् । उनको टिम अधिकांश यो मतदानबाट विजयी भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ । पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन् ।

भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् ।

राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाईसमथैन गरेकी थिइन् ।

एनआरएनएको अध्यक्षमा एमाले निकट डा. बद्री केसी निर्वाचित

सार्वजनिक सुनुवाई कसका लागि र किन ?

एनआरएनएको अध्यक्षमा एमाले निकट डा. बद्री केसी निर्वाचित

नवरात्रको छैटौँ दिन: कात्यायनी देवीको पूजा आराधना