सल्लीबजारमा भएकाे आँखा शिविरबाट ८ सय जना लाभान्वित

दुर्गा विसि
सल्लीबजार, १९ असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आँखा शिविर सम्पन्न भएको छ । नगरपालिकाको आयोजना, नेपाल रेडक्रस सोसाइटी देवस्थल उप शाखाको समन्वय एवम् सुर्खेत आँखा अस्पताल तेजकोहिल एण्ड फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

आँखा शिविरबाट ८ सय जनाले सेवा लिएका छन् । विभिन्न समय र स्थानहरुबाट छनौंट भइ आएकालाई ३ दिनसम्म सञ्चालित मोतिया विन्दु छनांैट आँखा शिविरमा ८७ जनाको शल्यक्रिया पश्चात् नयाँ संसार देख्न पाएको रेडक्रस उप शाखा देवस्थलका सभापति पुष्कर विसिको भनाइ रहेको छ ।

मोतिया विन्दु भएका जेष्ठ नागरिकहरुको लागि असोज ९ गते देखि १५ गतेसम्म नगरका विभिन्न स्वास्वास्थ्य चौकीहरुमा शिविर आयोजना गरिएको थियोे । स्वास्थ्य चौकीहरुबाट आँखा शिविर सञ्चालन गरी छनांैट गरिएका जेष्ठ नागरिकहरुको नगरको देवस्थलमा रहेको स्वास्थ चौकीमा ३ दिने निःशुल्क मोतिया विन्दु अप्रेसन शिविर आयोजना गरिएको थियोे । जसबाट ८७ जनाको शल्यक्रिया गरिएको छ ।

नगरका ७ स्वास्थ्य चौकीबाट ७ दिनसम्म सञ्चालन भएको शिविर छनांैटबाट ७ सय जनाले सेवा पाएका थिए । उक्त शिविरबाट छनौंट भएका जेष्ठ नागरिक ८७ जनाको शल्यक्रिया गरिएको छ । सुर्खेत आँखा अस्पतालका डाइरेक्टर मनिष खतिवडा, अरुण गुप्ता, विनु चौधरी, छवि उपाध्यक्ष, वविता गुप्ता लगायतको मेडिकल टिमले ३ दिनसम्म चलेको शिविरमा प्राविधिक सपोर्ट गरेका थिए ।

मेडिकल टिमलाई शुक्रबार नगरपालिकाका उप–प्रमुख पुरुषोतम आचार्य, वडा अध्यक्ष गणेश विसि, लेखा शाखा प्रमुख दिनेश भण्डारी, प्राविधिक शाखा महेश देवकोटा, स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेल, देवस्थल स्वास्थ्य चौकी इन्चार्ज भुमा वलि,रेडक्रस सभापति पुष्कर विसिले एक कार्यक्रमका विच विदाइ तथा सम्मान गरिएको जनाएको छ । अब छिट्टै नै नगरमा आँखा उपचार केन्द्र स्थापना हुने विसिको भनाइ रहेको थियोे ।

सल्लीबजारमा भएकाे आँखा शिविरबाट ८ सय जना लाभान्वित

जुम्लामा बढ्दै मानसिक रोगी, अस्पतालमा मनोचिकित्सकको अभाव

सल्लीबजारमा भएकाे आँखा शिविरबाट ८ सय जना लाभान्वित

गोठिज्युलामा मापदण्ड विपरित सञ्चालनमा रहेका ५ व्यवसाय

This will close in 0 seconds