दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट कांग्रेसका भण्डारी विजयी

दैलेख,७ मंसिर ।
दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट नेपाली कांग्रेसका उमेदवार घनश्याम भण्डारी भारी मतान्तरसहित विजयी भएका छन् । कुल २२ हजार ९४२ मत गणना हुँदा १० हजार ८०० मतसहित भण्डारी विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का तिलकप्रसाद रिजालले ९ हजार ४९४ मत प्राप्त गरे । भण्डारीले रिजाललाई एक हजार ३०५ मतको फराकिलो अन्तरले जित हासिल गरे ।

भण्डारी स्व.पूर्णबहादुर भण्डारीका जेठा छोरा हुन् । राजनीतिक परिवारका सदस्य भए पनि पत्रकारिता क्षेत्रबाट राजनीतिमा सक्रिय भएका हुन् । दुई कार्यकाल नेपाली कांग्रेस क्षेत्र नं. २ क्षेत्रीय सभापतिको जिम्मेवारी समेत सम्हालेको उनिसँग अनुभव छ । २०७४ को स्थानीय तहको निर्वाचनमा दुल्लु नगरपालिका प्रमुख जितेका थिए ।

दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट कांग्रेसका भण्डारी विजयी

पढ्नका लागि बाटो खन्ने काम गरे

दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट कांग्रेसका भण्डारी विजयी

पहिलो हाफमा जर्मनी अगाडि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds