जमुनाह नाकामा भन्सार कडाई, रुपैडिहा बजार सुनसान

बाँके, ६ बैशाख ।
नेपाल–भारत सीमास्थित जमुनाह नाकामा सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने प्रावधान कडाइका साथ कार्यान्वयन हुन थालेपछि नेपाली ग्राहकहरू सीमापार किनमेल गर्न हच्किएका छन् । यसको प्रत्यक्ष असर भारतीय सीमावर्ती बजार रुपैडिया मा देखिएको छ, जहाँ पछिल्ला केही दिनयता व्यापार उल्लेख्य रूपमा घट्दै बजार सुनसानजस्तै बन्न थालेको छ ।
सरकारले भन्सार महसुल ऐन, २०८१ को दफा १३ उपदफा (३) अनुसार जेठ १५ गतेदेखि यात्रुले ल्याउने सय रुपैयाँभन्दा माथिको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरेको थियो । प्रारम्भिक चरणमा यसको प्रभावकारी कार्यान्वयन हुन नसके पनि अहिले भने सम्बन्धित निकायले कडाइका साथ नियम लागू गर्न थालेका छन् ।
विशेषगरी नेपाली सुरक्षाफोर्सले माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराउँदै भन्सार असुलीमा कडाइ गरेको छ । सानो परिमाणका सामान किन्दा पनि भन्सार तिर्नुपर्ने भएपछि सीमापार किनमेलमा जाने नेपाली उपभोक्ताको संख्या घटेको स्थानीय व्यवसायीहरू बताउँछन् ।
स्थानीय बासिन्दा रामबहादुर थापा भन्छन्, “पहिले त दैनिकजसो रुपैडिहा गएर घरायसी सामान किन्थ्यौं । अहिले सानो सामान ल्याउँदा पनि भन्सार तिर्नुपर्छ भन्ने भएपछि जानै मन लाग्दैन । खर्च झन् बढ्ने भयो ।”
त्यस्तै, नेपालगञ्जकी सीता वलीका अनुसार नियम कडाइपछि सीमापार किनमेलको आकर्षण घटेको छ । “अहिले त नेपालमै किन्नु राम्रो लाग्न थालेको छ । उताबाट सस्तो पाइन्थ्यो तर भन्सार तिरेपछि खासै फरक नपर्ने भयो,” उनले भनिन् ।
स्थानीयका अनुसार पहिले दैनिक रूपमा किनमेलका लागि रुपैडिहा पुग्नेहरूको भीड बाक्लो हुने गर्थ्यो । तर अहिले त्यस्तो चहलपहल हराउँदै गएको छ । यसले सीमावर्ती व्यापारमा प्रत्यक्ष असर पारेको व्यवसायीहरूको भनाई छ ।
जमुनाह नाकामा भन्सार कडाई, रुपैडिहा बजार सुनसान

इन्धन संकटको असर भान्सामा :तरकारीमा प्रतिकिलो  पाँच

Leave a comment

Your email address will not be published. Required fields are marked *