गुर्भाकोटमा एमालेको चुनावी घोषणापत्र : कुपोषणरहित नगरपालिका

दिलिप ढकाल

गुर्भाकोट । नेकपा एमाले गुर्भाकोटले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेको तर्फबाट गुर्भाकोटमा मेयरका लागि तिलक बहादुर खत्री उम्मेदवार रहेका छन् ।

घोषणापत्रमा कृषि उत्पादन प्रणालीलाई आधुनिकीकरण तथा ब्याबसायिक गरि आत्मा–निर्भर बनाउनेदेखि जमिनको खण्डीकरण रोकी कृषि जमिनलाइ करमुक्त बनाउने र कृषि कार्यलाई प्रोत्साहन गर्ने उल्लेख छ  ।

प्रत्येक वडामा किसानको सल्लाह र आबश्यकता अनुसार विभिन्न समूह –खाद्यान्न उत्पादन ,तरकारी ,फलफुल, कुखुरा, बंगुर,माहुरी पालन आदि समूह गठन गरि समूह गत तथा व्यक्तिगत रुपमा सुलभ कृषि कर्जाको ब्यबस्था गर्ने , किसान हरु बाट उत्पादित कृषिजन्य बस्तु हरु लाई संकलन भण्डारण र बजारीकरण को ब्यबस्था मिलाईने, गुमिको खैरेनी खोला बेतेनी खोला घुमखोला धारापानीको डल्ले खोला,बडाखोली लगायतका खोला र भेरी नदि र त्यसका आसपासका मुलहरु बाट सौर्य उर्जा एवं अन्य प्रविधिमा आधारित लिफ्ट बाट किसानहरुको खेतबारीमा सिचाईको ब्यबस्था मिलाईने, माटो परिक्षण र अर्गानिक तथा जैविक खेतीमा बिशेष जोड दिइने पनि बताइएकाे छ  ।

त्यस्तै शिक्षा तर्फ गुर्भाकोट नगरपालिकामा संचालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्दै प्राबिधिक तथा ब्याबसायिक शिक्षामा जोड दिईने,जेहेनदार दलित अल्पसंख्यक समुदायका छात्र÷छात्रा हरु लाई प्राबिधिक तथा उच्च शिक्षाको लागि आबश्यक छात्रवृति को ब्यबस्था गर्ने,गुर्भाकोट नगरपालिका लाई पूर्ण साक्षर पालिका घोषणा गर्ने ,माबि तथा उच्च माबिमा बाल तथा अपाङ्ग मैत्री भौतिक संरचना निर्माण गर्ने ,प्राबिधिक र ब्याबसायिक शिक्षा
अन्तर्गत गुर्भाकोट १० घुमखहरे मा संचालित ३ बर्षे बालि बिज्ञानको अध्यन अध्यापनलाई निरन्तरताको लागि आबश्यक जन–शक्ति त बजेटको पहल गर्ने , माबि बडाखोली लाई कृषि अनुसन्धान केन्द्रको रुपमा बिकास गरिने,भेरी बहुमुखी क्याम्पस र गुर्भाकोट बहुमुखी क्याम्पस लाई स्तरोन्नति गरि स्नातकोत्तर सम्मको अध्यन अध्यापन गराउने , माबि हिले र माबि ज्यामीरे मा कक्षा १२ सम्मको पठनपाठन सुरु गरिने,माबि मेहेलकुनामा स्थानिय आबश्यकता अनुसार कुनै प्राबिधिक शिक्षा स्थापना गर्ने ,उमेर पुगेका सबै बालबालिकाहरु लाई बिद्यालय अनिबार्य भर्ना अभियान संचालन गरिनेछ।

त्यस्तै स्वास्थ्य तर्फ ५ वर्ष भित्र पालिका लाई कुपोषण रहित बनाउने गरि कार्यक्रम संचालन गरिने,प्रशुती सेवाको अभाबमा आमाको ज्यान जाने अबस्थाको अन्त्य गरिने, गर्भवती महिला र जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने,मेहेलाकुनाको आखा अस्पताल लाई आखा सम्बन्धिको विभिन्न रोगहरुको अप्रेसनको लागी दक्ष जनशक्ति तथा पूर्वाधारको ब्यबस्था गरिने,जेष्ठ नागरिकलाई बर्षको एक पटक निशुल्क स्वास्थ्य परिक्षण को ब्यबस्था मिलाईने छ।

त्यस्तै धार्मिक पर्यटन र रोजगारी, भौतिक पूर्वाधार तथा शहरीकरण, सडक तथा यातायात ,बिधुत उर्जा तथा जलश्रोत ,युवा तथा खेलकुद,बन बाताबरण तथा भूःसंरक्षण,सामाजिक सुरक्षा महिला तथा बालबालिका उद्योग तथा ब्यबसाय खाने पानि तथा सरसफाई,साहित्य भाषा कला र सस्कृति,सूचना संचार र प्रबिधि,र सुकुम्बासी तथा भूःउपयोग सम्बधि बिबिध क्षेत्र मा थुप्रै काम गर्ने महत्वाकांक्षी योजना सहित घोषणापत्र सार्वजनिक गरिएकाे छ  ।

गुर्भाकोटमा एमालेको चुनावी घोषणापत्र : कुपोषणरहित नगरपालिका

वीरेन्द्रनगर -९ का वडाध्यक्ष उम्मेदवार ऋषि गिरीको

गुर्भाकोटमा एमालेको चुनावी घोषणापत्र : कुपोषणरहित नगरपालिका

सुर्खेतमा एमाले र माओवादीले प्रचारमा प्रयोग गरेको

Leave a comment

Your email address will not be published. Required fields are marked *