काँग्रेस वीरेन्द्रनगरको घोषणापत्र : सुत्केरी सहायक भत्तादेखि जेष्ठ नागरिकको निशुल्क उपचारसम्म

सुखेैत । वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा सुत्केरी महिलाका लागि सहायक भत्तादेखि जेष्ठ नागरिकलाई निशुल्क उपचारको व्यवस्थापन गर्ने बताइएको छ ।

वीरेन्द्रनगरमा काँग्रेसबाट गठबन्धनका साझा उम्मेदवारको रुपमा प्रमुखमा उपेन्द्र खड्का छन् भने उपमेयरको उम्मेदवारको रुपमा माओवादी केन्द्रबाट शान्ति ढकाल छन् ।

चुनावी घोषणापत्रमा स्वास्थ्यदेखि सुशासनसम्मका विषयहरु समेटिएका छन् । स्वास्थ्यतर्फ स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्ती र घरका गर्भवतीका लागि घरमै टेलिमेडिसिन सेवा उपलब्ध, विकट वडाका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था, प्रत्येक वडामा मासिक रुपमा स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य संस्थासम्म आउन नसक्नेहरुका लागि निजी क्षेत्रसँगको सहकार्यमा होम केयरको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ ।

नगरपालिकाका सबै परिवारको स्वास्थ्य बीमा गर्ने, सुत्केरी महिलालाई एक हजार रुपैयाँ सुत्केरी सहायक भत्ताका रुपमा उपलब्ध गराउने, नगर अस्पतालमार्फत जेष्ठ नागरिकहरुको निशुल्क उपचार गर्नेे, निशुल्क शववहानको व्यवस्था गर्ने प्रतिबद्धता पनि नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा गरेको छ ।

‘असल शासन र जवाफदेहितातर्फ प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै अधिकतम सेवाहरु वडा तहबाट प्रवाह गरिने छ, जनप्रतिनिधि र नागरिक सम्मिलित अनुगमन संयन्त्र निर्माण गर्ने’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी, दीर्घरोगी मानिसका लागि घरदैलोमै सेवा उपलब्ध गराउने । प्रत्येक विद्यालयमा विद्यार्थीले सिकेका कुराहरुलाई आफ्ना अभिभावक र आम नगरवासीसम्म पु¥याउनका लागि ‘सिकाई मेला’ सञ्चालन गर्ने।’

त्यसैगरी विद्यार्थीहरुको ज्ञान, सीप र उत्प्रेरणाका लागि विभिन्न विधाका विज्ञहरुलाई ‘अतिथि शिक्षक’का रुपमा आमन्त्रण गर्ने प्रतिबद्धता जनाईएको छ । प्राविधिक तथा व्यवसायीक शिक्षामा जोड दिँदै ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यान्वयन गर्ने, प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था, जनप्रतिनिधि, स्थानीय र अभिभावक रहेको विद्यालय सहयोगी समूह गठन गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

‘एक टोल, एक कृषि उपज संकलन केन्द्र निर्माण, कृषि उपजको विक्री वितरणका लागि हाट बजारको व्यवस्था, कृषकको सूचिकरण र वर्गीकरण गर्ने, किसानको खेतबारीमै प्राविधिक सेवा उपलब्ध गराउने, बाँझो जग्गा भाडामा लिएर युवाहरुलाई सामूहिक कृषि तथा पशुपालनमा प्रोत्साहन गरिनेछ’ घोषणापत्रमा भनिएको छ, ‘एक वडा, एक उद्यमशील केन्द्रको अवधारणा कार्यान्वयन, वैदेशिक रोजगारमा संलग्न वा फर्केका व्यक्तिहरुलाई विदेशमा सिकेको सीप अनुसारको उद्यम सञ्चालन गर्न प्रोत्साहन गरिनेछ,वीरेन्द्रनगर–१४ लाई नयाँ पर्यटकीय गन्तव्य बनाउन तथा उपत्यकामा भूमिगत पानीको स्रोत बढाउनका लागि सोतखोलामा मानव निर्मित ताल निर्माण गर्ने उल्लेन गरिएको छ । त्यसैगरी मुख्य पर्यटकीय क्षेत्रहरुमध्ये बुलबुलेदेखि कांक्रेविहार जोड्ने ‘सर्किट’ निर्माण गर्ने, बुलबुले, कांक्रेविहार, देउतीबज्यै, सहिदपार्क, पाताल दरबारलगायतका पर्यटकीय एवम् विभिन्न वडामा रहेका धार्मिक पर्यटकीय क्षेत्रको स्तरोन्नति गर्दै गोठीकाँडा, अमृताडाँडा, शिद्धपाइला, भ्यूचुला, रानीघाट, रातानाङ्लालगायतकामा पूर्वाधार निर्माणमा जोड दिइने घोषणापत्रमा बताइएको छ ।

यस्तै वीरेन्द्रनगर उपत्यकामा नगर बस सञ्चालन गर्ने, सुरक्षाका लागि सार्वजनिक यातायातमा सिसी क्यामरा जडान अनिवार्य गर्ने, अटो भिलेजको निर्माण गर्ने, दीगो सहरी यातायात नीति कार्यान्वयन गर्ने, दीगो सहरी व्यवस्थापनको लागि सडकहरुलाई अपांगमैत्री र वातावरणमैत्री बनाउने, उपत्यकाभित्रका सडकहरुमा साइकल लेनको व्यवस्थालगायतका प्रतिबद्धताका साथ नागरिकसामु आएको काँग्रेस वीरेन्द्रनगर मेयरका उम्मेदवार उपेन्द्र खड्काले बताए ।

काँग्रेस वीरेन्द्रनगरको घोषणापत्र : सुत्केरी सहायक भत्तादेखि जेष्ठ नागरिकको निशुल्क उपचारसम्म

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

काँग्रेस वीरेन्द्रनगरको घोषणापत्र : सुत्केरी सहायक भत्तादेखि जेष्ठ नागरिकको निशुल्क उपचारसम्म

हुम्लाका ७ पालिका अध्यक्षको लागि २० र

Leave a comment

Your email address will not be published. Required fields are marked *