नेकपा एमाले गुर्भाकोट–९ को प्रतिबद्धता पत्र सार्वजनिक

दिलिप ढकाल

गुर्भाकोट । सुर्खेतको गुर्भाकोट नगरपालिका –९ मा नेकपा एमालेले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।
जसमा व्यवसायिक कृषि, पशुपालन र रोजगारलाई पहिलोे प्राथमिकतामा राखिएको छ ।
यस्तै कृषिकहरुको आवाश्यकतालाई मध्यनजर गरि सेवा केन्द्र क्षेत्रमा हाट बजार निर्माणm सार्वजनिक प्रतिक्षालय लगायतका कुराहरु प्रतिबद्धता पत्रमा उल्लेख गरिएका छन् ।
यस्ता छन प्रतिबद्धताहरु ?

१. कृषि तथा पशुपालन ब्याबसायिक कृषकलाई कृषि औजार,उन्नत बिउ बिजन,मल, बिषादी,गोठ,भाकारो सुधार ,उन्नत नश्ल (जातका) पशुपंक्षीमा अनुदानको ब्यबस्था गर्ने।
२. कृषि तथा पशुजन्य उत्पादन लाई बजारीकरणका लागि ब्यबस्था गर्ने।
३.कृषकहरुको आबश्यकतालाई मध्यनजर गरि सेवा केन्द्र क्षेत्रमा हाट बजार निर्माण एबम संचालन गर्ने।
४.युवा मैत्री खेलकुद एबम युवा क्लब मार्फत युवा रोजगार कार्यक्रम संचालन गर्ने।
५. वड नम्बर ९ को कार्यक्षेत्र भित्र आबश्यकता हेरी कम्तिमा ५ वटा स्थानमा सार्बजनिक शौचालय तथा खानेपानीको निर्माण गर्ने।
६. वड नम्बर ९ को कार्यक्षेत्र भित्र कम्तिमा ५ वटा सार्बजनिक प्रतिक्षालय निर्माण गर्ने।
७. वड नम्बर ९ को कार्यक्षेत्र भित्र मनोरन्जन तथा पर्यटकीय स्थल छनोट गरि कम्तिमा २ वटा पार्क निर्माण गर्ने।
८. वड नम्बर ९ को कार्यक्षेत्र भित्रको गुर्भाकोट बहुमुखी क्याम्पस लाई ःग् मा ब्यनास्थापन गरि डिग्री संचालन गर्ने।
९.वड नम्बर ९ को कार्यक्षेत्र भित्र मा.बि डाडा बिद्यालय,मा.बि सिमघाट,आ.बि. भालुखोला , प्रा.बि भुल्के, प्रा.बि दाप्चा र प्रा.बि नादेकोट मा भौतिक पूर्वाधार तथा प्रबिधि मैत्री शिक्षा क्षेत्रमा बिस्तार गर्ने।
१०. मसानघाट –भेरी नदी –घुमखहरे मदन भण्डारी राजमार्ग जोड्ने पक्कि पुल डी.पी.आर को लागि प्रदेश सरकार र केन्दीय सरकार संग पहल गर्ने।
११.वडा भित्र हाल सम्म सडक संजाल नपुगेका टोल बस्ती हरुमा सडक संजाल एबम निर्माण गर्ने।
१२. वडा भित्र बिधुत नपुगेका प्रत्यक घर धुरीमा बिधुत बिस्तार गर्ने।
१३. वडा भित्र छुटेका टोल एवं घरधुरीमा स्वस्थ खानेपानीको ब्यबस्था गर्ने।
१४. सेवा केन्द्रमा रहेको खेलकुद फिल्डलाई मापदण्ड बमोजिमको फिल्ड बिस्तार एवं रंगशाला निर्माण गर्ने।
१५. वडा भित्र सम्पूर्ण सडक तथा भित्रि सडकलाई स्तरोन्नति गर्ने।
१६.मुटु,क्यान्सर जस्ता ठुलो रोगका बिरामी लाई सहजकताको लागि समन्वय गर्ने।

१७. जोखिम युक्त स्थानमा तटबन्ध बनाउने (चित्रेखोला ,खहरेखोला,सिमलगैरा खोला, घुघुती खोला,पोखरे खोला, उजारी खोला, भेरी नदि तटबन्ध,चिसापानी खोला,काप्रेखोला,बसेनी खोला,दमार खोला आदि) ।
१८. वडा नम्बर ९ वडा सरकारले आर्थिक कोषको स्थापना गरि यस वडा भित्र रहेका वृद्,अशक्त,अपाङ्ग,जेष्ट नागरिक,तथा बेसाहारा बालबालिका लाई सहयोग हुने गरि समुदायमा सेवा मुलक कार्यक्रम गर्ने।
१९.वडा भित्र सिंचाई नपुगेका सम्भावित स्थानमा लिफ्ट एवं सतह सिचाई योजना निर्माण गर्ने।

नेकपा एमाले गुर्भाकोट–९ को प्रतिबद्धता पत्र सार्वजनिक

मतपत्र छपाइ सकियो, आज सबै जिल्लामा ढुवानीको

Leave a comment

Your email address will not be published. Required fields are marked *