पञ्चपुरीमा गठबन्धन तीन दलको संयुक्त बैठक

प्रेम सुनार
सुर्खेत, २० चैत्र ।
सरकारमा सहभागि भएका गठबन्धन दलहरु मध्ये ३ दलको पञ्चपुरी नगरपालिका स्तरको संयन्त्रको प्रथम संयुक्त बैठक शनिबार सुर्खेतको बाबियाचौरमा सम्पन्न भएको छ ।
नेकपा (माओवादी केन्द्र) पञ्चपुरी नगर कमिटीका अध्यक्ष केशव शाहीको अध्यक्षता र नेपाली कांग्रेस पञ्चपुरीका सभापती कृपाराम थापा, नेकपा समाजबादीका अध्यक्ष रमेश बौडेल लगायतका राजनैतिक दलका प्रतिनिधिहरुको सहभागितामा बैठक भएको हो ।
तीन दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा महत्वपूर्ण निर्णयहरु गरिएको छ । बैठकमा शहिदहरुको सम्झनामा मौन धारणपछि माओवादी केन्द्रका अध्यक्ष केशब शाहीले प्रदेश संयन्त्रले गरेको परिपत्र बारे जानकारी गराउनुभएको छ ।
त्यस्तै प्रदेश केन्द्रले गरेका निर्णयलाई आधारमानी समन्वयको भूमिका निर्वाह गर्ने एक अर्का दलबीच सम्मानजनक ब्यवहार गर्ने, संयन्त्रको बैठक रोटेसनका आधारमा बस्ने र साझा धारणा बनाई अगाडि बढ्ने समेत निर्णय भएको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र) बाट धन बहादुर बिक, भुपेन्द्र सिजापती, जगत साँवद, नेकपा समाजवादीबाट मनबहादुर बिक, पदम रावल, कमलकृष्ण पौडेल र प्रकाश सलामीको सहभागिता रहेको थियो ।









