जनआन्दोलन दिवस तथा ११ औं साहित्य यात्रा

रगवीर विश्वकर्मा
सुर्खेत, २० चैत्र ।
प्रगतिशील लेखक संघ नेपाल,कर्णाली प्रदेश समितिको आयोजनामा जनआन्दोलन दिवसको सन्दर्भमा कविता गोष्ठी तथा ११ औं साहित्य यात्रा कार्यक्रम शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
शहिदप्रति श्रद्धाञ्जली स्वरूप एक मिनेट मौनधारणबाट सुरू भएको कार्यक्रममा कर्णाली प्रदेशका बरिष्ठ साहित्यकारहरुबाट साहित्यिक कोशेली प्रस्तुत गरिएको थियो ।
साहित्यकार युद्धविक्रम शाही, हरिलाल महतारा, रगवीर विश्वकर्मा, जागेश्वर नेपाल, मायाराम न्यौपाने, खडानन्द भट्टराई, रत्ना अधिकारी, निरंजना योगी, सिद्ध खड्का, देवराज भण्डारीलगायत एकदर्जन साहत्यकारहरूले प्रस्तुति राख्नुभएको थियो ।
आ–आफ्ना कविताहरू वाचन गर्दै देशमा जनआन्दोलनमा शहिदले देखेका सपनाहरू अधूरै रहेको र एमसिसी सम्झौताका कारण देश उपनिवेशको तहसम्म झर्न गएको भन्दै देशमा गरिएका राष्ट्रघाती सम्पूर्ण सन्धिहरू खारेज गर्दै स्वाधीन र स्वतन्त्र देश निर्माण गर्न दलाल संसदिय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने धारणा राखेका राख्नुभएको थियो ।
प्रभात स्मृति जनसाँस्कृतिक परिवारका कलाकारहरूबाट क्रान्तिकारी गीतहरू तथा नृत्यहरू समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन हरिलाल महताराले गर्नुभएको थियो भने प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष युद्धविक्रम शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।







