दक्षिण कोरियाले फेरि रोक लगायो नेपाली कामदार लैजान

काठमाडौं, २९ माघ ।
दक्षिण कोरियाले नेपालीसहित आप्रवासी कामदार लैजान रोक लगाएको छ । कोरोना भाइरस संक्रमणदर पुनः तीब्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाल लगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको हो ।
जसले गर्दा १४ फेब्रअरीमा तय भएको नि’यमित उडान तालिका स्थगित गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संक्रमणदर कम हुनासाथ रोकिएका श्रमिकहरुलाई तत्काल पठाउने व्यवस्था हुने विश्वास दिलाएका दक्षिण कोरियामा को’रोना भाइरसले पुनः महामारीको रुप लिएकोले त्यहाँ रहेका नेपालीलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि उनले आग्रह गरे । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो संख्यामा नेपाली युवाहरु छन् ।






