सहमतिमै नेतृत्व चयनको प्रयास जारी छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनबाट सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका देउवाले आज बिहान प्रज्ञा भवन कमलादीमा सह–महामन्त्री डा। प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तक विमोचन गर्दै सहमतिबाट नेतृत्व चयनको प्रयास भइरहेको बताए।

देउवाले सहमति नजुटे मतदान प्रक्रियामा जाने र हार जित स्वीकार गर्ने उल्लेख गरे। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि महाधिवेशन सुरु हुँदैछ। केन्द्रीय निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम तय गरिसकेको छ।

कांग्रेसको संस्थापन पक्षबाट देउवा सभापतिका दाबेदार छन् भने संस्थापन इतर पक्षले सभापतिको साझा उम्मेदवार तय गर्न सकेको छैन्।

सहमतिमै नेतृत्व चयनको प्रयास जारी छ : सभापति देउवा

आज अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस

Leave a comment

Your email address will not be published. Required fields are marked *