मध्यपश्चिम विश्व विद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिबाट सम्मान गर्ने

काठमाण्डौ : मध्यपश्चिम विश्वविद्यालयले शताब्दी पुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ ।

विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पुर्याएको विशिष्ट योगदान स्वरुप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको हो ।

काठमाण्डौमा दीक्षान्त समारोह आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

विश्व विद्यालयका उपकुलपति प्रा डा. नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने औपचारिक पत्र हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो ।

मध्यपश्चिम विश्व विद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिबाट सम्मान गर्ने

आज सुन चाँदीको भाउ घट्यो

मध्यपश्चिम विश्व विद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिबाट सम्मान गर्ने

कांग्रेसको १४औँ महाधिवेशन :  साझा उम्मेदवार बनाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *