संसदमा बिहीबार पनि एमालेको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि नाराबाजी गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले ‘प्रतिनिधिसभाको काम कारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका हुन् ।

२३ साउन २०७८ बाट सुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । उसले बिहीबारको बैठकमा पनि नाराबाजीलाई नै निरन्तरता दिएको हो ।

एमालेका सांसदहरुले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग राखेका छन् । अन्यथा सदन चल्न नदिने उनीहरुको अडान छ । तर, सभामुख सापकोटाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै एमालेलाई सम्झाउँदै आएका छन् ।

एमालेले भने १४ जना सांसद कारबाहीमा परेको सूचना टाँस नगर्ने भए सभामुखले राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।

संसदमा बिहीबार पनि एमालेको नाराबाजी

न्यायालयमा महिला नेतृत्व

संसदमा बिहीबार पनि एमालेको नाराबाजी

‘कांक्रेविहार गोल्डकप’ दोस्रो खेल सुरू

Leave a comment

Your email address will not be published. Required fields are marked *