कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान

कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ।संसदका कुल ४५ सिटमध्ये ३० सिटका लागि मतदान भएको हो। बाँकी १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ।

विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन्। यसअघि सत्तामा र संसद्मा भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ। आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकहरूबाट सत्ता र शक्तिबाहिर जाने सम्भावना कम रहेको छ।

कतारका नागरिकहरू बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्ता गरेर मतदान गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन्। मतदान केन्द्रमा अर्धपारदर्शी प्लाष्टिकका मत पेटिकाहरू राखिएका छन् भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतहरु पनि पर्याप्त मात्रामा खटिएका छन्।

संसद सदस्यका लागि पुरुष उम्मेदवारहरूको संख्या अत्यधिक रहेको छ। कुल २८४ उम्मेदवारहरुमध्ये २८ जना मात्रै महिला उम्मेदवार छन्।

कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान

हामी कति भाग्यमानी!

कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान

प्रकाशमानको प्रश्न : गणेशमानको छोरो भन्दैमा मलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *