प्रकाशमानको प्रश्न : गणेशमानको छोरो भन्दैमा मलाई रोक्न खोज्नेरु ‘फस्ट म्यान’ बनेर काम गर्छु, पछि हट्दिनँ’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट आफूलाई सभापति जिताउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै, ‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई थाहा हुन्छ। बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो। हामी अझै अरूको झोला उपत्यकावासीले कहिलेसम्म बोक्नेरु’ ?

उपत्यकावासीले बाहिरबाट आएका नेताहरूलाई मात्र अघि बढाएको भन्दै दुखेसोसमेत पोखे। पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको उनको भनाइ छ।

नेता सिंहले भने, ‘काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने होरु अरूको छोराहरूले त अवसर पाएका छन् त’

काम गर्न नसक्नेहरूको गुणगान नगाउनसमेत कार्यकर्ताहरूलाई आग्रह गरे। वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले विश्राम लिनुपर्ने बताए।

जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आउ भन्ने अवस्था आएको बताए । आफूले २०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवालाई असफल नेता भएकाले राजीनामा दिन माग गरेको समेत बताए।

सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई ‘बाइपास’ गरेर शक्ति प्रदर्शन गरेको सिंहको आरोप लगाए।

प्रकाशमानको प्रश्न : गणेशमानको छोरो भन्दैमा मलाई रोक्न खोज्नेरु ‘फस्ट म्यान’ बनेर काम गर्छु, पछि हट्दिनँ’

कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक

प्रकाशमानको प्रश्न : गणेशमानको छोरो भन्दैमा मलाई रोक्न खोज्नेरु ‘फस्ट म्यान’ बनेर काम गर्छु, पछि हट्दिनँ’

नेपालसँग सिधा हवाई उडानमा बंगलादेशी राजदूतको चासो

Leave a comment

Your email address will not be published. Required fields are marked *