विजय शाही आफैले फिँजाए आफू मरेको हल्ला

आफूमा अद्भूत क्षमता भएको दावी गरेर युट्युब तथा सामाजिक संजालमा चर्चामा आएका विजयी शाही आफैले मृत्युको झुटो खबर सामाजिक सञ्जालमा फैलाएको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोट का डिएसपी टंकबहादुर शाहीले विजयको मृत्युको हल्ला झुटो भएको बताए ।

प्रहरीका अनुसार शाही कालिकोट महाबु गाउँपालिका-५ स्थित घरमा नै भेटिएका छन्।

प्रहरी शाहीको घरमा पुग्दा उनी टेलिभिजन हेरेर बसिरहेका थिए। उनले पछिल्लो समय निकै तनाव भएका कारण आफूले मरेको हल्ला फिँजाएको स्विकार गरेका छन्।

सार्वजनिक फोटोमा मृत्यु भएको भ्रम फैलाउन जिउँदो विजयको नाकमा रुइ खोचिएको देखिएको छ भने फोटोमा हाँसेको जस्तो देखिन्छ । यस्तै सेतो कपडा समेत ओढाइएको देखिन्छ ।

विजय शाही आफैले फिँजाए आफू मरेको हल्ला

‘बजेट कार्यान्वयनमा थप सुधार गर्नेछौं’

विजय शाही आफैले फिँजाए आफू मरेको हल्ला

काप्रीचौरको टेलिकमको रिपिटर टावरमा लाइन जोडियो

Leave a comment

Your email address will not be published. Required fields are marked *