काप्रीचौरको टेलिकमको रिपिटर टावरमा लाइन जोडियो

दुर्गा विसि

सल्यान । सुर्खेतको सिम्ता गाउँपालिका वडा,७ मा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा १० वर्ष पछि लाइन पुगेको छ । यश अघि सोलारबाट उक्त टावर सञ्चालनमा रहेको थियोे ।वर्षात र हिउँदमा सोलारमा चार्ज नहुदा सल्यान,सुर्खेत र जाजरकोट लगाएतका क्षेत्रमा रातिको समयमा फोन सेवा अवरुद्ध हुने गरेको थियो ।

उक्त रिपिटर टावरमा विधुतिय लाइन विस्तार पछि जडान कार्यले अब भने उक्त जिल्लामा यो समस्या सल्टिने नेपाल टेलिकम सुर्खेतका प्रमुख नारायण कुसिले वताए । सिम्ताको हाइअल्टिच्युडमा क्षेत्रमा अवस्थित उक्त टावर हालसम्म सोलारबाट सञ्चालनमा थियो । सिम्ता गाउँपालिकाको करिव ५० लाख वजेटमा विधुत लाइन विस्तार भएको छ ।

अब भने आसपासका जिल्लामा फोन सेवामा समस्या सल्टिने कुसिको भनाइ छ ।यो कार्यमा सिम्ता गाउँपालिकाले महत्त्वपूर्ण काम गरेको समेत उनको भनाइ छ । रिपिटर टावर भएकोले यसका वयवहरु विभिन्न जिल्लामा रहेका अन्य टावरमा कनेक्टिङ भएकोले अब धेरै ठाउँमा फोन सेवा सुचारु हुने र रातिको समयमा अवरुद्ध हुने समस्या सल्टिने कुसिको भनाइ रहेको छ ।

गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले उक्त समस्या समाधानको लागि निकै हरप्रयास गरेको तर वल्ल आज सार्थकता पाएकोमा विधुत वितरण केन्द्रका प्रमुख टंकराज गिरि,विधुत लाइन विस्तार निर्माण कम्पनीका प्रमोद खड्का र टेलिकम सुर्खेतका प्रमुख कुसिलाइ विशेष धन्यवाद दिएको थियो ।

निकै लामो समय देखि सुर्खेत,सल्यान र जाजरकोट लगाए तका जिल्लामा रातविरात नेटवर्किङ नहुदा समस्या हुने गरेको थियो । तर अब भने केही स्थानमा त्यो समस्या निराकरण हुने जनाएको छ ।वादल लाग्दा सोलार व्याट्रीमा चार्ज नहुनुले नेटवर्किङ वेलुकि ५ वजै हराउने र विहान ९ वजे पछि मात्रै मोबाइलमा नेट्वोर्क आउने गर्दथ्यो ।

उक्त स्थानमा रहेको नेपाल टेलिकमको रिपिटर टावर भएकोले विशेष महत्त्व दिएर गाउँपालिकाले लाइन विस्तारमा तिव्रता दिएको थियो ।सिम्ता गाउँपालिका,विधुत प्राधिकरण वितरण केन्द्र सुर्खेत र टेलिकमको संयुक्त टोलिले विशेष कार्यक्रमका विच विधुत लाइनको उद्घाटन गरेका थिए ।अब भने फोजि सेवा समेत सञ्चालन हुने जनाएको छ ।

काप्रीचौरको टेलिकमको रिपिटर टावरमा लाइन जोडियो

विजय शाही आफैले फिँजाए आफू मरेको हल्ला

काप्रीचौरको टेलिकमको रिपिटर टावरमा लाइन जोडियो

कर्णाली सरकारले खन्यो बर्षमा साढे सातसय किलोमिटर

Leave a comment

Your email address will not be published. Required fields are marked *