नेपाली जमिन फिर्ता ल्याउने प्रधानमन्त्री ओलीकाे दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्तरक्रिया गर्दै उनले वर्षौंदेखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताएका हुन्।

उनले महाकाली नदी पूर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा पनि राखिसकेको उल्लेख गर्दै ती भूभाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको पनि उनले बताए।

उनले भने, ‘महाकालीभन्दा पूर्वको र त्यस ठाउँमा महाकालीभन्दा उत्तरपूर्वको भनौँ। महाकाली पुर्वको जमिन नेपालको हो। र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौँ र त्यसलाई संविधानको अनुसूचीमा पनि सामेल गरेका छौँ।‘

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ ५८ वर्षदेखि भारतकै नियन्त्रणमा रहेको नेपालको जमिन फिर्ता ल्याउने प्रयास गरिरहेका छौँ। त्यसमा संवाद गरिरहेका छौँ।‘

छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्तामार्फत गरिने भन्दै भारतसँग नेपालको मित्रतापूर्ण सम्बन्ध भएकोमा आस्वाश्त पारे।

उनले कतिपयले आफूलाई भारतसँगको सम्बन्ध बिगारेको र कतिपयले भारतको इसारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेको भन्दै उनले आपसमा विवादास्पद यी दुवै आरोप सत्य नभएको प्रष्ट पारे।

नेपाली जमिन फिर्ता ल्याउने प्रधानमन्त्री ओलीकाे दाबी

कार्टुन

नेपाली जमिन फिर्ता ल्याउने प्रधानमन्त्री ओलीकाे दाबी

चिकित्सक र नर्स आक्रमण गर्नेलाई कारवाही गर्छौं

Leave a comment

Your email address will not be published. Required fields are marked *