चिकित्सक र नर्स आक्रमण गर्नेलाई कारवाही गर्छौं : मुख्यमन्त्री पोखरेल

बुुटवल । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको सर्वत्र निन्दा भइरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले घटनाको छानबिन गरी कारबाही गर्ने बताएका छन्।
मुख्यमन्त्री पोखरेलले ट्विट गर्दै स्वास्थ्यकर्मीमाथि भएको घटना दुखद् भएको भन्दै छानबि गरी दोषीमाथी कारवाही हुने बताएका हुन् ।
‘बाँकेको भेरी अस्पतालमा घटेको दुखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ। निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनेछ,’ मुख्यमन्त्री पोखरेलले ट्विटरमा लेखेका छन्।
यसैबीच, नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्सहरुमाथि भएको आक्रमणको निन्दा गरेका छन्।
विज्ञप्ति जारी गरी प्रमुख राजनीतिक दलका नेताबाट भएको घटनाको छानबिनको माग गरेका छन्।






