संसद विघटनविरुद्धका रिटमाथि जेठ १३ र १४ गते सुनुवाइ हुने

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको सर्वोच्च अदालतमा जेठ १३ बिहीबार र जेठ १४ गते शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग भएका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुने सर्वोच्चले जनाएको छ।

संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएको छ। तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

सर्वोच्चका संचारविज्ञ किशोर पौडेलले अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको १३ गते तथा संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ १४ गते हुने जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिएपछि गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको थियो।

संसद विघटन असंवैधानिक र धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

संसद विघटनविरुद्धका रिटमाथि जेठ १३ र १४ गते सुनुवाइ हुने

एकैदिन १६९ जनाको मृत्यु, ८ हजार ६३६

संसद विघटनविरुद्धका रिटमाथि जेठ १३ र १४ गते सुनुवाइ हुने

विमानभित्र प्रेममा लिप्त जोडीको व्यवहारले अन्य यात्री

Leave a comment

Your email address will not be published. Required fields are marked *